दु:खका पोकालाई आफ्ना पटुकाभित्र कसेर
सुखका हरेक थोपा मेरा पोल्टामा हाल्दिने
समस्याको भकारीले थिँचिदा पनि
मुहारको हासोले सारा समस्या पुँडो सार्दिने ,
मेरी आमा।
भोकले गलेका आफ्ना खुट्टाहरु अडिग राखी,
मेरा महत्वहिन रहर पुरा गर्दिने मेरी आमा ,
शायद माया बाँढेर पुग्दो हो भने ,
तिमीभन्दा धनि त मैले कुवेरलाई पनि मान्न सक्दिन।
हो आमा , मानिस तिमीलाई गलत देख्छन
किनकि तिमी सुर्यको प्रकाश भन्दा
मेरो भविष्यलाई तेजस्वी मान्छौ
स्वार्थको छिट्टाले भिजेका बिच ,
मायाको सागरमा विश्वास राख्छौ।
हो आमा , आज त्यहि भविष्य बनाउन
तिमीबाट टाढा आएको म
यो रहरको शहरमा ऐठन हुँदा
त्यहि पटुकामा पठाएको मायालाई सम्झेर ,
अघि बढ्ने जमर्को गर्दछु ।
-सौगात नेपाल