गोदावरी नगरपालिका, कैलाली लगायत देशका विभिन्न स्थानमा धान रोपाॅई सुरु भइसकेको छ। अधिकांश स्थानहरुमा रोप्न बाॅकी छ भने जुम्ला, मुगुजस्ता केही उच्च पहाडी जिल्लाहरुमा रोपाॅइ सकिएको छ। “मुठी रोपेर, मुरी फलाउने” अठोट सपनाका साथ गरिने यस रोपाॅइमा हामी स्वास्थ्यसम्बन्धी धेरै लापरवाही गरिरहेका हुन्छौ भने नजानेर पनि कतिपय कुराहरु गलत दिशातिर गइरहेका हुन्छन्। धान उखेल्दा र रोप्दाॅ अपनाउनुपर्ने केही सावधानी, दक्ष प्राविधिकको संक्षिप्त सुझावहरू अत्तरिया कृषि तालिम केन्द्र र “नेपाल कृषक नेटवर्क” मा प्रकाशित गरिएको छ।
मूख्य सावधानीहरु:
(हिले ब्याडका लागी)
– बिउ उखेल्नु केही घण्टा अखावै खेतमा पानी पटाएर भिजाऔॅ।
– धानको बिउ उखेल्दा जरातिर समातेर उखेलौॅ, जसले गर्दा बोट टुट्ने सम्भावना कम हुन्छ।
– अस्वस्थ र एकदम साना, मसिना बोटलाई बिउमा नराखौॅ।
– बिउ उखेल्दा आफूले हातमा सकिन्छ भने पञ्जा, खुट्टाणा बुट, ओढ्नलाई छाता वा बर्षातीको व्यवस्था गरौॅ। ( स्थानीय सामानहरु पनि प्रयोग गर्न सकिन्छ।)
– उखेलेको बिउलाई कसेर नबाॅधौॅ
– बर्षाको समयमा खेतमा धेरै किराहरु हुन्छन्, कानभित्र नछिरुन् भनेर कानमा कपास हाल्न सकिन्छ।
– खेतमा भ्यागुता र सर्पहरु पनि हुनसक्ने भएकाले थोरै मात्रामा वरपर मट्टितेल छर्कन सक्नुहुन्छ, जसको गन्धले सर्प आउदैॅन।
– यदि हातले बिउ उखेल्दै हुनुहुन्छ, रोप्दै हुनुहुन्छ भने, हातको नड़ छोटो पार्नुपर्नेछ अन्यथा हात र खुट्टाको नड़भित्र माटो पस्दा हुने दुखाईले अनावश्यक दुःख दिन्छ। यदि नड़भित्र माटो पसेर दुख्न सुरु भएमा दुखेको ठाॅउमा कागतीको रस हाल्न सक्नुहुन्छ जसले गर्दा छिटो आराम दिन्छ र माटो आफैॅ निस्किन्छ।
– रोपाॅइको समयमा हिलो खेल्ने कार्य नगरिदिनुहोला। आॅखा, मुख, कानभित्र माटो पसेमा त्यो पक्कै राम्रो होइन, तर हात-खुट्टा भाॅचिने गरी भौतिक क्षति पनि हुनसक्छ।
– रोपाॅइमा पशुको प्रयोग गर्ने किसानहरुले पशुको पनि राम्रो ख्याल गरिदिनुहोला।
– यदि पशु वा ट्रयाक्टरको प्रयोग गर्नुहुन्छ भने पनि साना केटा-केटीहरुलाई टाढै राख्नुहोला।
– धान रोप्दा नजिकै बाक्लो रोपेर धेरै फल्ने विश्वास नगरौॅ। टाढा, दुरी कायम गरेर रोप्दा मात्रै बोटले हुर्कने वातावरण पाॅउछ र गाॅज धेरै हाल्छ।
सामाग्री स्रोत : नेपाल कृषक नेटवर्क । अत्तरिया कृषि तालिम केन्द्र