एजेन्सी – कोपा अमेरिकाको समूह ‘ए’ अन्तर्गत मंगलबार भएको अन्तिम चरणको आफ्नो खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले हराएको छ । सोहि ग्रुप अन्तर्गत उरुग्वेले पनि पाराग्वेलाई १–० ले पराजित गरेको छ। अर्जेन्टिनाले एलेजान्ड्रो गोमेजको गोलबाट अग्रता लिएको थियो भने ३३ र ४२ औं मिनेटमा मेस्सीले थप दुइ गोल गर्दै अर्जेन्टिनालाई जित को लागि थप बलियो बनाएका थिए । एरविन साभेड्राले बोलिभियाका लागि एक गोल फर्काएपछि अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले चौथो गोल गरेका थिए ।
उरुग्वेको जितमा भने एडिसन कभानीले पेनाल्टीबाट एक मात्र गोल गरेका थिए । लिग चरणको समाप्तिमा अर्जेन्टिना १० अंकसहित शीर्ष स्थानमा रह्यो । यो समूहबाट उरुग्वे, पाराग्वे र चिलीले पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।