धेरै ठाउँमा नेपालको तस्विर भन्दै पोस्ट गरिएको भए पनि यो नेपालको तस्बिर होईन । सामाजिक सञ्जालमा माओवादी जनयुद्धको समयको तस्बिर भनेर यो तस्बिर पोष्ट भएको देख्न पाइन्छ ।
फेब्रुअरी १७, १९६६ को यस तस्विर भियतनाम युद्धमा संयुक्त राज्य अमेरिकाको सहभागिताको शुरुका चरणहरू अन्तर्गतको हो । ” अपरेसन इगल क्ल ” अन्तर्गतको अमेरिकि अपरेसन अन्तर्गत समातिएर बाँधेर राखिएका छापामारसँग उनको सानो छोरा रहेको देख्न सकिन्छ । यु एस फस्ट एयर क्याभेलरी डिभिजनले भेटेर उनलाई अन्य संदिग्धहरूको साथ एक शंकास्पद शिविरमा लगेका थिए ।
सोभियत संघ र चीनको समर्थनमा रहेको उत्तर भियतनामको कम्युनिष्ट सरकार र संयुक्त राज्य अमेरिकाले समर्थन गरेको दक्षिण भियतनाम बिच शित युद्ध चलिरहेको थियो । दशकौं देखी नै दक्षिण भियतनामलाई सहयोग र सल्लाहकारहरू प्रदान गरिरहेको अमेरिकी सेनाहरू दक्षिण भियतनामी सैनिकहरूको साथमा लडिरहेका थिए । युद्धमा १५ लाख देखी ३५ लाख मानिसहरू मारिएको अनुमान गरिएको थियो ।
सामाग्री संकलन : जगदिश जग्स भण्डारी
