विराटनगर – क्युरा हेल्थले स्वास्थ्यकर्मीलाई समर्पित गरेर निर्माण गरिएको छोटो चलचित्र ‘ बत्ती’ सार्वजनिक आज गर्ने भएको छ । कोरोनको महामारीको बेला आफ्नो अनि परिवारको दुख , समस्या , पिडालाई थाति राखेर निरन्तर जनताको सेवामा खटिरहेका स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीलाई धन्यवाद व्यक्त गर्नको लागि चलचित्र निर्माण गरिएको क्युरा हेल्थको संस्थापक सदस्य आयुष भगतले बताए । सत्य घटनामा आधारित चलचित्र ‘बत्ती’को निर्माणको जिम्मा कालोपर्दा मिडिया एण्ड पब्लिकेसन्स प्र.लि.ले लिएको हो। चलचित्रको निर्देशक अशोक पाठक हुन भने कालोपर्दाको टिमले यसको छायाङ्कन गरेको हो । यस चलचित्रमा विराट अस्पताल विराटनगर तथा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका स्वास्थ्यकर्मी तथा नर्सहरुको पहिलो अभिनय रहेको छ। चलचित्रमा अभि शर्मा र नेपाली सिनेमाको ख्यातिप्राप्त नायीका सरिता गिरीको पनि अभिनय रहेको छ। चलचित्रलाई क्युरा हेल्थको फेसबुक पेजमा सनिबार साझ ७ बजे सार्वजनिक गरिने भएको छ ।