एजेन्सी – फिलिपिन्समा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ। विमानमा ८५ जना सवार थिए।
सुरक्षा बलका प्रमुखका अनुसार जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको छ ।
देशको दक्षिण पश्चिममा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्।
अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ।