काठमाडौ – बि सं २०३० असार २५ गते सोमबारका दिन भिषण आगलागी भएर सिंहदरवार ध्वस्त भयो । दूरसञ्चारको पूर्वाधार जोगाउन सरकारले परराष्ट्र मन्त्रालयको कबलमा बम पड्काएर संभावित क्षति रोकेको कारण दरवारको अग्रभाग भने बचेको थियो ।
नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो । त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए । तोप हानी हानी पछाडिको भाग भत्काई जोगाइएको अगाडिको भागसँगै जोडेर अहिलेको संरचना निर्माण भएको हो । सिंहदरबारको रक्षा हुन नसकेकोमा त्यसको जिम्मेवारी लिँदै तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए। आगलागीको कारण राती १० बजेको समयमा एकाएक भएको ‘विद्युत् सर्ट’ बताइएको थियो ।
सामाग्री सङ्कलन : जगदिश जग्स भण्डारी