नेपालमा फुटबल खेलको प्रवेश सम्बन्धी आधिकारिक मिति नदेखिए पनि बि. सं. १९७० को दशक तिर भारत अध्ययका लागि जाने जङ्ग थापा र नरसिंह राणाहरुबाट त्यहाँ सुरूमा फुटबल खेल्न सिकेको र नेपाल फर्कदा फुटबललाई पनि आफूसँगै ल्याएको यो खेल ती खलककहरुको सौखको रुपमा भित्रिएको देखिन्छ । यस बाहेक बिरामी बहानामा उपचारका लागि भन्दै छिमेकी भारतमा गई खेलकुदका विभिन्न कौशल सिकेर नेपालमा प्रयोग गर्ने केही राणा शासकहरुको नियमित बानी थियो । यी राणाहरू मध्य नरशमशेर खेलका अलि बढी सौखिन थिए । नेपाली खेलकुदका जन्मदाता पनि भनेर चिनिने नरशमशेरबाट नेपालमा फुटबल खेलको संस्थागत बिकास तथा बिस्तार भएको हो ।

सुरुवाती दिन:
सर्वसाधारण सो समय काठमाडौंका राणा दरवारहरु सिंह दरबार, लक्ष्मी निवास, टंगाल दरबार, जावलाखेल, नरसिंह क्याम्प, बबरमहल र पाटन दरबार भित्र आन्तरिक फुटबल म्याच हुने गर्थ्यो। सो समय प्राविधिक रूपमा भन्दा पनि मुढेबलमा खेलिने फुटबल खेल हारजितका लागि खेलिने प्रचलन सुरू भएको थिएन। प्रत्येक टोलीमा कुस्ती सिकेका ४–५ खेलाडी हुन्थे भने सो मध्य पनि पहलमानलाई गोलरक्षक राखिन्थ्यो । यसैकारण बढी हिंस्रक हुने भन्दै यो खेल खेल्न कडाइ गरिन्थ्यो।
पहिलो प्रतियोगिता:
नरशमशेरकै पहलमा सन् १९३४ मा ललितपुरको जावलाखेलमा १२ टिमहरु सम्मिलित नेपालको ईतिहासको पहिलो फुटबल प्रतियोगिता भएको थियो ।
त्योसमयको फुटबल:
पाकिस्तानको स्यालकोटबाट झिकाइने सो समय खेलिने फुटबल रबरको ब्लाडरमा हावा भरेर त्यस बाहिर छालाले बेरेर लेस बाँधी तयार गराइन्थ्यो ।
बिश्वकपकोपहिलो नेपाली दर्शक:
विश्वकप फुटबल प्रतियोगिता हेर्ने पहिलो नेपाली दर्शकको रुपमा नरशमशेरले सन् १९५८ मा स्वीडेन र सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकप फुटबलमा उपस्थिती जनाई सोही अनुसारको प्रयोग पनि नेपाली फुटबलमा भित्र्याएका थिए ।
विकास
बिबाद र लोकप्रियता बीच सन् १९४७मा श्री ३ पद्मशम्शेरको आज्ञामा फुटबल समिति गठन भयो, जसको अध्यक्ष मदनशम्शेर थिए । यसै बर्ष राजा त्रिभुवनबाट फुटबलको संस्थागत विकास होस भनेर त्रिभुवन च्यालेञ्ज शिल्डको स्थापना भयो भने नेपालमा सन् १९८२मा पहिलोपटक अन्तर्राष्टिय खेल आयोजना भएको थियो । ९औं एसियन गेम्स अनतर्गत नेपालले पहिलो खेल कुबेतसँग खेलेको थियो ।
यस सँगै नेपाली खेलकुदका जन्मदाता भनेर चिनिने नरशमशेरको नामबाट बि. सं. २०२० सालदेखि नरट्रफी सुरु गरियो । फुटबल खेलको विकास र विस्तार गर्नका लागि सन् १९५१ मा नेपाल फुटबल संघको स्थापना भयो जसले फिफा र एफसीबाट सन् १९७२ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो । यस लगत्तै यसलाई अखिल नेपाल फुटबल संघ नामाकरण गरियो भने यसै बर्ष देखि अर्थात बि. सं. २०३० देखि श्री ५ विरेन्द्रको स्वर्ण शुभजन्मोत्सवको अवसर पारेर शुभजन्मोत्सव फुटबल प्रतियोगिताको शुभारम्भ भयो ।
सामाग्री सङ्कलन : जगदिश जग्स भण्डारी