सविन घिमिरे / तेह्रथुम
पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो। यस क्षेत्र वरपरको गुरासे पर्यटकले विश्वकै ध्यान आकर्षण गरेको छ। फागुन देखि बैसाखसम्म गुरास फुलेर राताम्य भएको जंगल हेर्न देशदेखि विदेशसम्मका पर्यटकहरुको घुइचो लाग्ने गर्दछ। बारै महिना जाडो रहने यहाको मौसमको आनन्द लिन दैनिक हजारौ पर्यटकहरु यहा घुम्न आउने गर्दछन। शैक्षिक भ्रमण र पिकनिकको लागि उत्कृष्ट गन्तव्य स्थल बनेको छ वसन्तपुर। यहा वरपर रहेको आर आर गार्डेन , कैलाश पर्वत , पाथिभरा मन्दिर , भ्यु टावर, सल्लाको जंगल, पटक डाडा प्रमुक पर्यटकिय स्थल हुन। वसन्तपुरबाट देखिने मकालु हिम शृंखला, कन्चंजंगा हिमाल , ताप्लेजुङ्ग र पाचथरका मनोरम दृश्यले कसको मन नलोभ्याउला र ?
वसन्तपुरको सोभा बढाउने महत्वपुर्ण पर्यटकिय स्थल चो?लुङ्ग पार्कलाई कसैले विर्सिन सक्दैन। वसन्तपुर आएर यो पार्कमा नघुमी कोहि पनि फर्कदैन। यो पार्क एउटा पर्यटकिय गन्तव्य मात्र नभएर इतिहास , संस्कृति र सभ्यताको अनुसन्धान र अध्ययन केन्द्र पनि हो। प्राकृतिक सौन्दर्यले भरिपुर्ण चोलुंग पार्कमा स्वर्गको अनुभूति प्राप्त गर्न सकिन्छ। यहाबाट देखिने कन्चंजंगा हिमाल , ताप्लेजुङ्ग , पाचथर र इलामका पर्वतहरुले सबैको मन लोभ्याउने गर्दछ। चोलुंग पार्क लालिगुरास नगरपालिकाको वसन्तपुर स्थित अल्गे डाडामा कारिब चालिस रोपनी जग्गामा लालिगुरास नगरपालिकाको सहयोगमा निर्माण गरिएको हो। लिम्बु जातिको संस्कारमा आधारित यो पार्क अन्तराष्ट्रिय स्तरको रहेको नगर प्रमुख अर्जुन बाबु मावुहाङ्गले बताउछन। उनकै पहलमा यो पार्क निर्माण गरिएको हो।
चो?लुङ लिम्बु भाषाको शब्द जो जसको अर्थ प्राप्त गर्ने वा मनकामना पूरा हुने ठाउँ हो। लिम्बु समुदायको जन्म , मृत्यु ,विवाह, उधौली, उभौलीजस्ता मौलिक र जातिय पहिचानसंग सम्बन्धित कार्य सम्पन्न गर्नको लागि चो?लुङ्ग पार्कको महत्व रहेको । यस पार्कमा लिम्बु समुदायको जन्म , मृत्यु ,विवाह, उधौली, उभौलीजस्ता मौलिक र जातिय पहिचानसंग सम्बन्धित कार्य वर्षभरिनै गरिने र यसका लागि आवश्यक सामाग्रीहरु यहा राखिएका छन। लिम्बु जातिले प्रकृतिको पुजा गर्ने गर्दछन। उनीहरु आफ्ना पितृलाई नै देवता मान्दछन। लिम्बु जातिले ढुङ्गा र माटोको विशेस पुजाआजा गर्ने गर्दछन। ढुङ्गालाइ विशेस देवताको रुपमा पुजा गर्ने पुरानो लिम्बु परम्परा रहेको छ। लिम्बुहरुको धर्मग्रन्थको रुपमा लिइने मुन्धुममा पनि ढुङ्गालाइ विशेस महत्व दीएको । यस पार्क पनि पुर्ण रुपले ढुङ्गाहरुद्वारा निर्माण गरिएको छ। यसमा सिमेन्ट, बालुवा , रंग , रोगन केहि प्रयोग गरिएको छै। शुद्धताको हिसाबले यसलाई यस्तो प्रकारले निर्माण गरिएको जानकारी मेयर माबुहाङ्गले बताए। यस पार्कमा लिम्बु संस्कारमा प्रयोग हुने ढुङ्गा , धनुस वाण, बन्दुक तथा विभिन्न ऐतिहासिक सामग्रीहरु संग्कलन गरेर राखिएको छ ।
पार्कमा विभिन्न स्थानमा राखिएको ढुङ्ग्गामा लिम्बु जातिको संस्कार झल्काउने संकेत कुदिएका छन । यहा लिम्बु जातिको परम्परागत जातो , ढिकी जस्ता ऐतिहासिक सामाग्रीहरु राखिएका छन । यस पार्कमा विभिन्न स्थान छन जसको आफ्नै विशेषता र महत्व छ। यहा स्थित थाकथाक खिबोमा लिम्बू कुलदेवी यमाले तान बुनेको ठाऊ हो । नियारा यक्चेमा युमाले तान बिसाएको ठाउँ हो ।त्यस्तै नेन्दुरी पासाङ्गा विवाह लगन गर्दा आयु तौलने ढुंगो हो। क्म्यााङलुङ देउता मनाउंदाका थान थपना गर्ने स्थल हो । केटाकेटीको खेल्नेठाउंको रुपमा यहा हेम्बङ्गेलुङ रहेको छ । यस पार्कमा एक पोखरी रहेको छ जसलाई चो?लुङ वरक ( पोखरि ) भनिन्छ। लिम्बु मान्यता अनुसार पोखरी भरिदा , बोटबिरुवा हराभरा रहंदा, पोखरीमा माछा खेल्दा लिम्बुको स्वस्तिशान्ति संमृद्द्दि र संरक्षण हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै यहा एक स्थानमा ढुङ्गा गाडिएको छ जसलाई चुम्लुङ भनिन्छ. यो न्याय निसाफ गरेर सांक्षी प्रमाण स्वरुप गाडिने ढुंगो हो।
यहा रहेको खाजोङलुङमा नुनतेल तथा शुद्दाई संस्कार गरिन्छ।चो?लुङ पार्कमा सिङदुम पक्वा ( सृष्टीकालको रुखको टोडकाको चोखो पानी ), लुङदुम पक्वा (सृष्टीकालकै ढुंगाको खोपिल्टाको पानी) तथा इक्नाम्फेको निर्माण कार्य सम्पन्न भइसकेको छ । मुन्धुम अनुसार सिङदुम पक्वा , लिङदुम पक्वा पवित्रता (सेस्सेस् साङसाङ) को प्रतिक हो । मुन्धुम अनुसार पवित्रता पानी (खोला, पोखरी), रुख, ढुंगारमाटो (ढिस्का, पहाड) जस्ता प्रकृतिमा मात्र हुन्छ । किनकि त्यस्ता प्राकृतिक पवित्रतामा पितृका आत्मा बसेका हुन्छन भन्ने मान्यता लिम्बुहरुको रहेको छ । त्यसैले त्यस्ता ठाउंहरुसंग याक्थुङ्बा लिम्बुको वंशीय संबन्ध रहेको मान्यता छ । यहा सिङदुम पक्वा, लुङ्दुम पक्वासंगै पोररोक्मि यम्फामि ( सृष्टीकर्ता) ,लाङयोक (पाइताला), चर्घेलुङ (कुखुराको पञ्जा), फाक लाङ्योक (सुंगुरको पाइताला), पिच्छा साम्बोक यान (दुबो), सिमिक्ला पमिक्ला (मालिङ्गो) राखिएका छन । यहा भएका सबै कला प्राकृतिक, विम्वात्मक तथा प्रतिकात्मक छन । पोरोक्मि यम्फामिले मान्छेको सृष्टि बनाउंदा कुखुराको वृष्टि मालिङ्गोको खरानी, दुबोको सीतको पानी मुछेर मान्छे बनाए । यस कारण चो?लुङ पार्क पवित्र रहेको र यहा देउताको वास रहेको विश्वास लिम्बु जातिहरुमा रहेको छ ।

यस पार्कमा युमा संग्राहलय निर्माण गरिएको छ । यस संग्राहलयको आफ्नै ऐतिहासिक विशेषता छ । यस संग्राहलयको वनावट लिम्बु जातिको घर जस्तै नै तिन धुरे बनाइएको छर झ्याल , ढोका तथा खम्बा , बिमहरुमा विभिन्न बुट्टाहरु कुदिएका छन्र लिम्बु जातिहरुले प्रयोग गरेका र हाल प्रयोग गरि रहेका विभिन्न सामाग्रीहरुलाई ती बुट्टाहरुमा कुदिएका छन। यहा खरको छाना लगाइनुका साथै भित्ताहरु ढुङ्गाले बनाइएको छ । यस संग्राहलयमा लिम्बु जातिहरुले प्रयोग गरेका परम्परागत , पुरातात्विक र ऐतिहासिक सामाग्रीहरुदेखि लिएर किरात तथा शाहकालिन राजाहरुले प्रयोग गरेका सामाग्रीहरु पनि राखिएको छ। त्यसको अलावा संघ्राहालयमा पुराना मुद्राहरु पनि संग्कलित छ ।
चो?लुङ पार्क धार्मिक , ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणबाट महत्वपुर्ण रहेकोले यहा विभिन्न ठाउ तथा विदेशबाट समेत भक्तजनहरु, मुन्धुम अध्येताहरु, विध्यार्थीहरु र पर्यटकहरु भ्रमण तथा अनुसन्धानका लागि आउने गर्दछन । कोभिड माहामारीले निम्त्याएको निषेधाज्ञाको कारण हाल पर्यटकको संख्या घटेपनि पर्यटकको पर्खाइमा रहेको छ चो?लुङ पार्क ।