किशोर निरौला । मधुमल्ला -मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेकोे लायन्स क्लब अफ मिक्लाजुङको आयोजनामा शनिबार वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लबले मिक्लाजुङ ७ मा रहेको मावानुशरी सामुदायिक वनको हाता भित्र करिब दुई सयको संख्यामा एभोकाडो, अम्बक, तित्री, सुपाडी लगायत बिभिन्न जातका फलफुलका बिरुवाहरु रोपेको कार्यक्रम संयोजक दिपिन लकाई खड्काले बताए ।
लायन्स क्लब अफ मिक्लाजुङले अब निरन्तर वातावरण संरक्षण र मानवीय सेवाका कार्यक्रमहरुलाई संचालन गर्ने क्लबका अध्यक्ष छत्र डाँगीले बताए । कार्यक्रममा विशिष्ठ अतिथी जोन चेयर पर्शन खेम सापकोटाले निरन्तर रुपमा लायन्स क्लबहरु सेवा काममा लाग्ने भएकाले बृक्षा रोपाण संग संगै रोपीएका बिरुवाहरुको हेरचाहमा पनि लान्यस क्लबले निरन्तर ध्यान दिने बताए ।
मावनुनसरी समुदायिक वनका अध्यक्ष जगत बस्नेतले बिभिन्न संघ संस्थाहरु संग समन्वय गर्दै बोट विरुवा रोप्ने र हुर्काउने कार्यमा वनले निरन्तर सहयोग गर्ने बताए ।
बृक्षा रोपण कार्यक्रम आफैमा राम्रो कार्यक्रम भएको र यसले हाम्रो मानब जिवनमा ठुलो महत्व राख्ने भएकाले यस प्रकारका कार्यक्रहरुलाई निरन्तरता दिए र संचालन गर्नु आवस्यक रहेको कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिल राज चौहानले बताए । कार्यक्रममा लायन्स क्लबका पदाधीकारीहरु, लियो क्लब मिक्लाजुङका पदाधीकारीहरु , इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख देवेन्द्र फुयाल लगायतको सहभागिता रहेको थियो ।