काठमाण्डौ , १० श्रावण २०७८- राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफुले राजीनामा दिन लागेको कुरा आइतबार सामाजिक सञ्जालमा लखेका छन । पछिल्लो ३ सातादेखि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफुमाथि नाटक गरिरहेको भन्दै राजीनामा दिन लागेको उनले फेसबुकमा लखेका छन । कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि ४ खेल खेलेको थियो ।
यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले भने राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले आफ्नो कारणले पदबाट राजीनामा दिने घोषणा गरेको सुन्दा आश्चर्य लागेको बताएको खेलकुद डट कममा उल्लेख छ । वरिष्ठ नेम्बाङले व्यक्तिगत रुपमा अलमुताइरीसँग भेटसम्म नभएको उल्लेख गर्दै खेलका दौरान म्यासेन्जरमार्फत शुभकामना आदान प्रदान मात्र भएको बताएका छन् । नेम्बाङले आफ्नो नाम जोडेर राजीनामा दिनुपर्छ भन्ने पूर्वाग्राह हो भन्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई विषयको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने माग गर्ने बताएका छन् ।