जीवन खड्का , सुनसरी – प्रत्येक वर्ष श्रावण महिनाभर भीड रहने सुनसरीको बराहक्षेत्र यो वर्ष सुनसान छ। बराहक्षेत्रमा विशेष गरेर देश विदेश बाट यहि महिना बोलबम यात्राको हिन्दू भक्तजनहरू आउने गरेको तर कोरोना महामारीले सृजित निषेधाज्ञाको कारण यो वर्ष भक्तजनको उपस्थिति शुन्यजस्तै रहेको त्यहाका पूजारीहरुको जानकारी दिएका छन। यसले गर्दा बराहक्षेत्र क्षेत्रमा रहेको बजार पनि प्रभावित बनेको स्थानीय व्यापारीहरूले बताए। हामीले त्यहा पुग्दा कैद गरेको तस्बिर यहाहरु माझ प्रस्तुत गरेका छौँ।















