विराटनगर – मोरंग जिल्लाको टंकीसिनवारी स्थित रहेको विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा पनि संचालन गर्ने भएको छ।
एमबिबिएसको अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि भने बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा पनि संचालन हुने भएकाले प्रदेश १ का हजारौ विधार्थीहरु लाभान्वित हुने कलेजका प्रशाशकिय अधिकृत प्रकाश पोखरेलले जानकारी दिए। कलेजले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सिट र एमबिबिएसका लागि १०० सिट गरि जम्मा १५० जनाको लागि नयाॅ भर्ना खोलेको छ ।