सन् २०१९ मार्च २८ मा कतारमा एउटा संग्राहलय खोलिएको थियो । सो कतार राष्ट्रिय संग्राहलयको एउटा मुख्य आकर्षणको रुपमा नेपालको एउटा श्रीपेच पनि छ । धेरै मानिसहरुले सो श्रीपेच नेपालको राजाको हुन सक्ने आशंका गरेका थिए। तर सो श्रीपेचमा रखिएको जानकारी अनुसार श्रीपेच राजाको नभएर नेपालमा शासन गर्ने राणाहरुमध्ये कुनै एकजनाको भएको बताइएको छ । नेपाली श्रीपेच त्यहा प्रदर्शन गरिनुको मुख्य कारण भनेको सो श्रीपेचमा भएका मोतिहरु हुन । नेपालमा १८०० – १९०० को समयमा करिब १०४ वर्ष शासन गरेका राणाहरुका उच्च तहका व्यक्तिहरुले श्रीपेच लगाउने गर्दथे । बहुमुल्य धातु , पत्थर तथा मोतिहरु जडित यी श्रेपेचहरुमा बर्ड अफ प्यराडाइसको प्वाख राखेर आकर्षक बनाइएको हुन्थ्यो। नेपाली राजाले लगाउने श्रीपेच एउटा मात्र छ , तर धेरै राणाहरुले विभिन्न प्रकारका श्रीपेच लगाउने गर्दथे । ती मध्ये एउटा श्रीपेच कतारको संग्राहलयमा पुगेको छ भने , अरु श्रीपेचहरु कहा , कस्तो अवस्थामा छन भन्ने कुरा प्रष्ट रुपमा थाहा हुन सकेको छैन ।

नेपाली राजाको श्रीपेच केहि वर्ष अगाडिदेखि नारयणहिटी संग्राहलयमा प्रदर्शनको लागि राखिएको छ। ७३० वटा हिराका टुक्रा तथा ३७२ मोतिहरु जडित श्रीपेच सुन , पन्ना , चादीजस्ता बहुमुल्य धातुहरुबाट बनाइएको छ । श्रेपेचको पछाडी झुण्डिने आकर्षक कल्कीमा संसारमै लोप हुन लागेको चरा बर्ड अफ प्यराडाइसको प्वाख जडिएको छ । यो चरा संसारमै लोप हुन लागेकोले श्रीपेचको पुन निर्माण असम्भव जस्तै रहेको दावी गरिन्छ । श्रीपेचमा जडित अन्य बहुमुल्य सामाग्री प्राप्त गर्न सकिने भएपनि बर्ड अफ प्यराडाइसको प्वाख पाउन नसकिने हुनाले श्रेपेचलाई कुनै कारणले क्षति भएमा त्यसलाई पुन निर्माण गर्न असम्भव हुने बताइन्छ । पुर्व राजा ज्ञानेन्द्रले नारयणहिटी छाड्नु अघि हाम्रा पितापुर्खाको विरासतको रुपमा रहेको श्रेपेच र राजदण्डलाई सदाको लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गरेका थिए । २०६५ साल जेष्ठ २९ गते पुर्व राजा ज्ञानेन्द्रले नारयणहिटी छाड्ने बेलामा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए। तत्कालिन राजा ज्ञानेन्द्रले राजदरवार छोड्दा नेपाल सरकारको जिम्मा लगाएर छाडेका श्रीपेचको मूल्य कति पर्छ भनेर गहना व्यवसायीको एउटा टिमले श्रीपेचमा भएको बहुमुल्य पत्थर र धातुहरुको लागत निकालिएको थियो। ती सबैको अध्ययन गर्दा पनि श्रीपेचको मूल्य यति भनेर यकिन हुन सकेन । त्यसैले यसलाई अमुल्य भनियो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल असोज २९ गते राजतन्त्रको धरोहर श्रीपेच र राजदण्डको प्रदर्शनको उद्घाटन गरेका थिए। नारयणहिटी संग्राहलयमा श्रीपेच प्रदर्शन गरिएको ठाउमा श्रीपेच राख्ने स्ट्याण्ड फलामको पाइपलाई मैलो रातो रंग पोतेर बनाइएको छ । श्रीपेच अनुसार प्रदर्शन स्थल सुहाउदो नभएको खबरहरु सामाजिक संजालमा आएको पाइन्छ।

सामाग्री स्रोत : आनन्द नेपाल
प्रस्तुति : सविन घिमिरे