विराटनगरका गायक शान्तिम कोइराला तथा कलाकार राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘ टेबल फ्यान ‘ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। गीतामा सरोज प्रजा र विना राउतको अभिनय रहेको छ। शान्तिम कोइराला तथा राजा राजेन्द्र पोख्रेलको शब्द तथा दुवैकै संगीत रहेको गीतको म्युजिक एरेञ्जमेण्ट उदय राज पौडेलले गरेका छन । माया गर्ने जोडीको भावना प्रस्तुत गरिएको यस म्युजिक भिडियोको निर्देशक आदित्य विक्रम अछामी र रोशन विश्वकर्मा हुन ।