दारी ग्याङले शनिबार फेवाताल सरसफाइ गरेको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि दारी ग्याङ पोखराका सदस्यहरूको संलग्नतामा फेवा तालको जलकुम्भी झार सफा गरिएको हो।

छैटौँ पटक रहेको आजको सरसफाइ अन्तर्गत ज्ञाँगले पोखराको हल्लन चोकदेखि पामे जाने बाटोसम्म फेवा किनारमा रहेका जलकुम्भी झार फालेर सफा गरेको हो ।वर्षौदेखि फेवा तालमा जलकुम्भी झारले कुरूप बनाउँदै लगेको छ ।

दारी ग्याङ पोखराले फेवा तालमा आउने जलकुम्भी झार फाल्न पोखरा महानगरपालिका र वडा कर्यालयहरुलाई समेत निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ।
फेवा ताल पोखराको प्राकृतिक सुन्दर उपहार भएको कारण यसलाई सफा राख्नु यहाका वासीहरुको कर्तव्य रहेको कारण दारी ग्याङ पोखरा ले फेवाताल सधैँको लागि सफा राख्न यहाका स्थानीय निकायलाई कर्तव्यबोध गराउनको लागि पनि सरसफाइ कार्यक्रम आयोजना गरिएको दारी ग्याङ पोखराले जानकारी दिएको छ । राष्ट्रिय गान गाएर “गालामा दारी सामाजिक कार्य हाम्रो चिनारी ” भन्दै दारी ग्याङ्ग पोखराका सदस्यहरुले फेवातालमा रहेको जलकुम्भी झार निकाल्दै कार्यक्रमको शुरुवात गरेका थिए ।

