काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले कार्यभार सम्हालेसंगे नेपाली जनतामा फेरि अर्को उमङ्ग छाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरे संगै बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्। उनले आज उर्जामंत्रीबाट नियुक्ति पत्र बुझेका थिए । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा उर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेपछि घिसिङ्गलाई प्राधिकरणमा नियुक्त गरिएको हो।
झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। जुनबेला उनको नेतृत्वमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको थियो भने प्राधिकरणले व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेको थियो।