सन् १९७९ मा अफगानिस्तानको राष्ट्रपति तथा कम्युनिष्ट नेता नुर मुहम्मद ताराकिको हत्या गरिन्छ । यस लगत्तै सोभियत युनियनले अफगानिस्तानमा हात बढाउन शुरु गर्दछ । ताराकी कम्युनिस्ट नेता भएपनि उनलाई उनकै सहकर्मी कम्युनिष्ट नेता हफिजुल्ला अमिनले मारेका थिए। । अमिनले तराकिलाई शुरुमा पक्राउ गरे र त्यसपछि उनको हत्या गरिदिए ।
त्यसो त तारिकीले पनि अमिनलाई मार्ने प्रयास नगरेको भने होइन । त्यसबेला अफगानिस्तानको कम्युनिष्ट पार्टि बिच आन्तरिक विवाद चलिरहेको थियो र कम्युनिष्ट दुइ हिस्सामा विभाजित थियो। अफगानिस्थानमा त्यसबेला कम्युनिष्टहरु बिचको लडाइ त छदै थियो, त्यति नै बेला कम्युनिष्ट तथा इस्लामीहरुको पनि लडाइ शुरु भयो । यहि समय अर्थात सन् १९७९ मा छिमेकी मुलुक इरानमा पनि “१९७९ इरानियन रिभोल्युसन” चलिरहेको थियो । त्यो समय इरान र अफगानिस्थानमा भएको अवस्था लगभग उस्तै उस्तै थियो। एकातिर इस्लामीश्ट र अर्को तिरा कम्युनिष्ट तथा लेफ़्टिस्टबीच लडाइ चर्की रहेको थियो । त्यो बेला इस्लामीले इरानलाई कब्जा गरेको थियो । यो देखेर अफिजुल्ला अमिन कतै अफगानिस्थानमा पनि यो अवस्था आउन सक्ला कि भनेर डराएका थिए। यस कुरालाई रोक्नको लागि उनले धर्मको विषयमा कट्टर भएका मानिसहरुलाई मिलाएर राख्न पर्छ भन्ने बिचार गरेर उनले मस्जिद मर्मत तथा निर्माणको काम शुरु गरे । आफ्नो भाषणमा अल्लाको नाम उच्चारण गर्ने , कुरान वितरणलाई बढावा दिने जस्ता क्रियाकलापहरु गरे। उनको यस क्रियाकलापबाट कम्युनिष्टको विरोधमा रहेका इस्लामीहरुलाई पनि आफ्नो पक्षमा ल्याउन चाहेका थिए तर अफगानी जनताले उनलाई पटक्कै मन पराउदैन थिए । त्यसो त अघिल्ला कम्युनिष्ट नेताहरुलाई हेर्ने हो भने तिनीहरुको सिद्धान्त बाहिर देखाउने र बोल्ने कुरामा मात्र सिमित थियो । उनीहरु शक्ति र सत्ताका प्यासी थिए ।
आफ्नो स्वार्थको लागि सिद्धान्तलाइ तोडमोड गर्न माहिर थिए उनीहरु।
डिसेम्बर १९७९ मा सोभियत युनियनले आफ्नो शक्ति अफगानिस्तान पठाउदछ। त्यसपछि अफिजुल्ला अमिनको पनि सोभियत युनियनद्वारा हत्या गराइन्छ। अमिनको हत्या भएपछि सरकारको प्रमुखको रुपमा बब्राक कर्माललाई ल्याइन्छ । शक्तिमा आउन साथ कर्मालले २७०० भन्दा धेरै राजनैतीक कारणका कैदीहरुलाई रिहा गरिदिन्छन । उनले रातो कम्युनिष्ट झण्डा पनि बदलिदिन्छन। उनले त्यसबेला अफगानिस्तानमा नया सम्बिधान
ल्याउने प्रतिबद्धता पनि गर्छन। यसको अलावा स्वतन्त्र चुनाव , अभिव्यक्तिको स्वतन्त्रता , धर्मको स्वतन्त्रता जस्ता कुराहरुको पनि प्रतिवद्धता उनले गरेका थिए । यसपछि अफगानिस्तानमा शान्ति
आउने आशा गरिएको थियो । तर अफगानिस्तानको यस अवाथालाई देखेर अमेरिका चुप रहन सकेन। अमेरिकाले अफगानिस्तानमा सोभियत युनियनको क्रियाकलाप हेरिरहेको थियो । अन्य कारणले गर्दा पनि अमेरिका र सोभियत युनियन बिच सम्बन्ध चिसिदै थियो त्यस बेला । अमेरिकाले सोभियत युनियनलाई बदला लिनको लागि अफगानिस्तान राम्रो बाहाना हुने सोचेको थियो। यसको लागि अमेरिकाले अफगानिस्तान सरकारको विपक्षी रहेका मुजाहिदिनलाई साथ दियो । पाकिस्तान तथा यु ए इ जस्ता देशले पनि इस्लामीस्टका मुजाहिदिनलाई समर्थन गर्दै थियो यस बेला । अमेरिकाको सी आइ ए ले एक वृहत जासुसी क्रियाकलाप अगाडी बढायो जसको नाम थियो अपरेशन साइक्लोन। अमेरिकाको तत्कालिन राष्ट्रपति जिमी कार्टरले मुजाहिदिनलाई करोडौ डलर सहयोग गरेका थिए । अमेरिकाको सत्ता पतिवर्तन भए पनि यो क्रियाकलाप जारी रहेको थियो। अमेरिकाको सी आइ ए संगै पाकिस्तानको आइ एस आइ , ब्रिटिश सेक्रेट एजेन्सी एम आइ ६ र साउदी अरबले पनि मुजाहिदिनलाई समर्थन गर्दै थियो । मुजाहिदिनलाई यति समर्थन आएपछि उनीसंग अब हातहतियारको रुपमा बन्दुक र बम मात्र नभएर एन्टी एयर क्राफ्ट मिसाइल पनि उपलब्ध थियो । यस कारण सोभियत युनियन प्रभावित भइरहेको थियो ।
सन् १९८८ मा अफगानिस्तानका राष्ट्रपति डा मोहम्मद नाजिबुल्लाह थिए । उनले त्यसबेला पाकिस्तानसंग जेनेभा सम्झौतामा हस्ताक्षर गर्छन । यो एउटा शान्ति सम्झौता थियो जस अनुसार उनीहरुले एक अर्को देशमा हस्तक्षेप गर्ने छैनन्। यस हस्ताक्षरको साक्षीको रुपमा अमेरिका र सोभियत युनियन रहेका थिए । अमेरिकाले सोभियत युनियनले आफ्नो सेना फिर्ता लगे अमेरिकाले पनि मुजाहिदिनलाई हतियार सहयोग बन्द गर्ने प्रतिबद्धता गर्दछ । नाजिबुल्लाहले अफगानिस्तानको युद्ध अन्त्य गर्न हर प्रयास गर्छन । उनले आपनो शक्ति घटाउदछन्। सन् १९८७ मा अफगानिस्तानमा नया संविधान जारि गरिन्छ। यस पछि अन्य पार्टीहरुले पनि चुनाव लड्न सक्ने व्यवस्था आउँछ अफगानिस्तानमा। सन् १९८८ मा नया संसदीय चुनाव गराइन्छ । चुनावमा नाजिबुल्लाहको पार्टी पी डि पी ए ले विजय हासिल गर्दछ । सन् १९८९ मा सोभियत युनियनले आफ्नो सेना फिर्ता लग्दछ। १९९० मा अफानिस्तानलाई इस्लामिक गणतन्त्र घोषित गरिन्छ । नाजिबुल्लाहले देशको धार्मिक कट्टर व्यक्तिहरुलाई मिलाएर शान्ति स्थापना गर्न तथा वैदेशिक सहयोग भित्र्याउन र निजि लगानी शुरुवात गर्न चाहन्थे । यति हुदाहुदै पनि अमेरिकाले मुजाहिदिनलाई हतियार सहयोग गर्न छाड्दैन । मुजाहिदिनको समूह एक कदम पनि पछि हट्दैन । उनीहरुले चुनाव वहिष्कार गर्छन । उनीहरु इस्लाम अझै पनि खतरामा छ भन्ने सोचेर युद्ध जारि राख्दछन । यता सोभियत युनियनले भने नाजिबुल्लाहलाई भित्र भित्रै सहयोग गर्न खोजिरहेका हुन्छन तर त्यस बेला १९९१ मा सोभियत युनियन आफैमा टुक्रिएको कारण त्यो खासै प्रभावाकारी हुदैन ।
सन् १९९२ मा मुजाहिदिनले गृह युद्ध जित्दछन। मुजाहिदिनको समुहमा पनि सत्ता र शक्तिका लालची व्यक्तिहरु थिए । यस कारण मुजाहिदिनको समूह भित्रै पनि विवाद शुरु हुन्छ । अन्तत सन् १९९२ मा बुर्हानुद्दीन रब्बानी इस्मालिक गणतन्त्र अफगानिस्तानको नया प्रमुख बन्न पुग्दछन। केहि वर्षपछि नया दुश्मनको रुपमा तालिबानको उदय शुरु हुन्छ । १९९६ मा तालिबानले रब्बानीलाई पनि शक्तिबाट निकालिदिन्छ।
को हो तालिबान ?
पश्ह्तो भाषामा तालिबानको अर्थ हो विद्यार्थी। शुरुमा यस तालिबान समुहको नेता मुल्लाह ओमर थिए । उनले ५० विद्यार्थीलाई लिएर यस समुहको स्थापना गरेका थिए। समयसंगै पाकिस्तानमा रहेका अफगानी शरणार्थीहरु अफगानिस्तान फर्कीए जो तालिबान समुहको सदस्य बने । यो समूह झन् धेरै धार्मिक कट्टरपन्थी थियो । उनीहरुमा धार्मिक कट्टरपन्थी बाहेक इस्लाम भएपनि पस्थुन राष्ट्रवादको सिद्धान्तमा पनि विश्वास गर्दथे । तालिबानलाई पाकिस्तान र साउदी अरबले पनि साथ् दिएको थियो । अमेरिकाले नै तालिबानलाई उत्पति गरेको पनि भन्ने गरिन्छ । सेप्टेम्बर १९९६ मा तालिबानले सफलतापुर्वक काबुल कब्जा गर्दछ र इस्लामिक एमिरेट अफ अफगानिस्तान स्थापित गर्दछ । शुरुमा जनताले तालिबानको समर्थन गर्दथे । जनताहरु देशमा अब स्थिरता आउन सक्ने आशामा थिए । वर्षौदेखि चलेको युद्ध रोकिने आशामा थिए अफगानी जनता त्यति बेला । शुरुमा तालिबानले अफगानिस्तानको केहि क्षेत्र शान्तिपूर्ण पनि बनाए तर समय संगसंगै जनतालाई तालिबानको हर्कत मन पर्न छोड्यो। तलिबानले धेरैभन्दा धेरै कुराहरुमा निषेध गर्दछ।
Image : MoneyWeek
तलिबानाले धेरैभन्दा धेरै कुराहरुमा प्रतिबन्ध लगाउदछ । सिनेमा , टिभी , गीत सुन्ने , फुटबल , चेस , चंग्गा उडाउने , विदेशीहरु लाइ आउन रोक्ने , युएन तथा अन्य एन जी ओ हरु चल्न नदिने , १० वर्ष उमेर भन्दा माथिका महिलालाई शिक्षा हासिल गर्न नदिने जस्ता विभिन्न कुरामा तालिबानले प्रतिबन्ध लगाउने कुरा अघि सारेको थियो। पुरुषहरुले दाह्री काट्न नपाउने र महिलाले आफ्नो शरीर पुरै ढाक्नु पर्ने तालिबान राज्यको नियम हो । तालिबानले पस्थुन सिद्धान्तको समर्थन गर्ने हुनाले पस्थुन सिद्धान्त विश्वास नगर्ने मुस्लिम मानिसहरुमाथि हिंशा गर्न शुरु गर्दछन । इसाइहरुलाई मारिन्छ , हिन्दुहरुलाई पहिचान गर्नको लागि विशेस किसिमको ब्याज प्रदान गरिन्छ। अफगानिस्तानको महत्वपुर्ण सांस्कृतिक धरोहर बुद्धको मुर्ती तालिबानद्वारा भत्काइन्छ।
image : newsdirectory3
निवर्तमान राष्ट्रपति डा मोहम्मद नाजिमुल्ल्लाहको हत्या पनि तालेबानद्वारा गरिन्छ । यी विभिन्न क्रियाकलापलाई देखेर विश्वभरिबाट तालिबानको आलोचना गरिन्छ र उनीहरुको विरुद्धमा आवाज उठाइन्छ । तर पाकिस्तान , साउदी अरब र यु ए इ ले भने तालिबानलाई समर्थन गर्दछन । १९९० दशक ताका केहि मुजाहिद्दिनका समुहले तालिबानको विरद्ध लड्नको लागि कोशिस गर्छन । उनीहरुलाई उत्तारी अलायन्सको नामले चिनिन्थ्यो। उनीहरुको प्रमुख अहमद शाह मशुद थिए । तर २००१ मा एलायन्सले यो युद्ध हार्दछ र अहमद शाह मशुद पनि मारिन्छन ।
यसको २ दिन पस्चात एक आतंककारी समूह अल कायदाद्वारा अमेरिकामा ९/११ हमला गरिन्छ। यो हमलाले संसार हल्लाएको थियो । यो हमला गर्ने अल कायदाको नेता ओसामा बिन लादेन थिए। उनै लादेनलाई तालिबानाले सहारा दिन्छन त्यस बेला । आफ्नो देशमा लादेनलाई स्थान दिइन्छ। ओसामा बिन लादेनले अमेरिकालाई पठाएको एक पत्रमा ९/११ हमला अमेरिकाले सोमालिया , लिबिया र अफगानिस्तानमा गरेको क्रियाकलापको बदला भएको उल्लेख गरेका थिए। यसको बदला लिनको लागि अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक पठाउछ । अमेरिकाले अफानिस्तानमा हवाई आक्रमण गर्दछ । अमेरिकाले त्यस बेला आतंककारी समूह बसेको क्षेत्र शंका गरी त्यस स्थानमा आक्रमण गर्दछन जसमा सयौ सर्वसाधारण समेत मारिन्छन । मुजाहिद्दिनको उत्तरी अलायन्सको सहारा लिएर २००१ डिसम्बर सम्ममा अमेरिकाले तालिबानलाई पुरै पछाडी धकेलिदिन्छ । यस पस्चात अफगानिस्तानको अन्तरिम सरकारको राष्ट्रपति हमिद कार्जाइ बन्दछन ।
२००४ मा अफानिस्तानामा पुन अर्को सम्विधान जारी गरिन्छ । निर्वाचन गराइन्छ जसमा ६० लाख भन्दा बढि अफगानी जनताले भोट हाल्दछन । हमिद कार्जाइले नै यस निर्वाचनमा विजयी हासिल गर्दछन र अफगानिस्तानको नया राष्ट्रपति बन्दछन । कर्जाइले भारतसंग राम्रो सम्बन्ध स्थापना गर्ने कोशिस गर्दछन । यस समय भारत र अफगानिस्तानको सम्बन्ध बलियो रहेको पाइन्छ । अर्को तर्फ अमेरिकाले तालिबान रहेको स्थान ध्वस्त गर्नको लागि पाकिस्तानमा निरन्तर बम्ब तथा हवाई आक्रमण शुरु गरि रहेको हुन्छ । सन् २०११ मा अल कायदा का नेता ओसामा बिना लादेनलाई पाकिस्तानमा अमेरिकी सेनाद्वारा मारिन्छ । सन् २०१५ मा तालिबानको पहिलो नेता मुल्लाह ओमरको सन् २०१३ मै रोगको कारण मृत्यु भइसकेको पत्तो लाग्दछ ।
यति बेलासम्म अमेरिकाले अफानिस्तानमा शान्ति कायम गर्न र तालिबानलाई दबाएर राख्नको लागि आफ्नो सेना विस्तार गरिसकेको हुन्छ । यस संगै अमेरिकाले अफगानिस्तानको नया प्रजातान्त्रिक सरकारको समर्थन गर्दछ । वर्षा बित्दै गए संगै तालिबान पुरै रुपमा निष्क्रिय हुदैनन् । देशको विभिन्न क्षेत्रमा साथै अन्य छिमेकी देशमा पनि तालिबानद्वारा आक्रमण तथा बम्ब बारुद गराइन्छ जसको कारण हजारौ सर्वसाधारणहरुको मृत्यु हुन्छ । फब्रुअरि २०२० मा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रंप भएसंगै तालिबानसंग शान्ती वार्ताको प्रयास गर्दछन । अमेरिकी सरकार तालिबानसंग कुराकानी अगाडि बढाउदछ । अमेरिकाले यदि तालिबानले अल कायदा जस्तो आतंककारी समुहको साथ छाडे अमेरिकाले आफ्नो शेना फिर्ता गर्ने र आफुहरु अफानिस्तान छाड्ने प्रस्ताव राख्दछ । अमेरिकाले त्यहा पठाएको शेनाको लागि अर्बौ खर्च गरिसकेको छ ।
सन् २०२१ सम्म आइपुग्दा तालिबान आफैमा अहिलेसम्मकै शक्तिशाली भएको देखिन्छ। तालिबानको पक्षमा ८५ हजार भन्दा बढी सेनाहरु लडिरहेका छन् । अमेरिकाका राष्ट्रपति जोय बाइडनले पनि ट्रंपकै पोलिसीलाई निरन्तरता दिए संगै अफगानिस्तानबाट अमेरिकी शेना फिर्ता बोलाउने निर्णय गर्दछन । अमेरिकाले राष्ट्रपती बाइडेनले अफगानिस्तानसँग केहि मतलब नरहेको भन्दै अफगानिस्तानको ३ लाख शेनाले ८५ हजार तालिबानालाई परास्त गर्न सक्नेमा आफु विश्वस्त रहेको बताएका थिए । अमेरिकाले आफ्नो शेना फिर्ता लगे पस्चात तालिबानाले अफगानिस्तान कब्जा गर्दछन। त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भाग्छन् । दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुग्दछ । सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको छ । अबको दिन हेर्न बाकी रहेको छ।