मकवानपुर, २३ जेठ । मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् ।प्रहरीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरीलाई पक्राउ गरेको हो । प्रहरी टोलीले उनीहरुलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्रहरीले जनाएको छ । सालक संरक्षित वन्यजन्तु हो ।उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्रोत: रासस