भारतको दार्जीलिङमा वि. सं. १९८८ माघ १४ गते जन्मिएर कलकत्तामा हुर्केकी लामू अमात्य नेपालको पहिलो नर्स हुन । उनको निधन १९ जेठ ०६९ मा भएको थियो । केहि वर्ष अगाडि स्वास्थ्य मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले प्रमाणको आधारमा लामु अमात्यलाई देशको पहिलो नर्स घोषित गरेका थिए । सो को आधिकारिक प्रमाणपत्र छोरा गायक योगेश्वर अमात्यलाई हस्तान्तरण गरिएको थियो ।
तत्कालिन समयमा कलकत्ता अध्ययनरत काठमाडौँका रैथाने भुवनेश्वर अमात्य आफ्नो खुट्टामा आएको समस्याका कारण उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भएका थिए । उनको रेखदेखका लागि सिकारु नर्सका रुपमा खटिएकी लामू सँग प्रेमको सुरुवात हुँदै गएको थियो । नर्सिङ अध्ययनरत लामूले मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा देखाउने गरेको कत्थक नृत्य हेर्नकै लागि अस्पतालमै उपचाररत हुँदै गर्दाको समयमा भुवनेश्वर पनि पुगेका थिए । यसरी एक नेपाली सँगको प्रेमले उनी नेपाल आउने संयोग मिलाईदिएको उनलाई नेपालको पहिलो नर्स को परिचय पनि मिल्यो ।
नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर नेपाल आएकी लामूले सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उनले कलकत्ता छोडेकि थिईन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी उनले ३० फागुन २०१२ देखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन् ।
समाग्री संकलन : जगदिश जग्स भण्डारी / तस्बिरमा नेपाल