तेह्रथुम – लालीगुराँस नगरपालिकाको वार्ड न ३ मुसाङखेलमा शनीवार विहान विद्यूत सर्ट भएर आगलागी हुंदा एक घर जलेको छ । विहान ४ बजे विद्यूत सर्ट भएर आगलागी हुंदा रङग वहादुर खड्काको घरको माथिल्लो तला सहित नगद, लत्ता कपडा र खाद्यान्न जलेको हो । लगभग २ घण्टाको प्रयास पछि लालीगुराँस नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। अहिले क्षतीको विवरण संकलन भइरहेको जानकारी प्राप्त भएको छ।
