मधुमल्ला- झापाका तिन वटा र मिक्लाजुङको एक गरी चार वटा लायन्स क्लबहरुका आयोजनामा बिरुवाहरुको गोडमेल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गत जुलाई ३ मा लायन्स क्लबरुले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको मावा नुनसरी सामुदायिक वन क्षेत्रमा विभिन्न जातका करिब दुई सय फलफुल लगायत अन्य जातका बिरुवाहरु रोपेका थिए । त्यसको संरक्षणलाई निरन्तरता दिदै बिरुवाहरुको गोडमेल कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष कोमल ढकालले बताए ।
बिरुवा गोडमेल कार्यक्रमलाई सम्बोधन गर्दै मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले वृक्षा रोपण कार्यक्रम आफैमा राम्रो काम भएको त्यसमा पनि यसरी समय समयमा विरुवाको गोडमेल निरीक्षण गर्नु झनै राम्रो कार्य भएको बताए । कार्यक्रममा लायन्स क्लबहरु मधुमल्ला, दमक युनाइटेड,माउण्ट एभरेष्ट दमक र डायनामीक दमकको संयुक्त आयोजनामा गरिएको थियो ।