विराटनगर – स्वास्थ्य मन्त्रालयले कोभिड-१९ खोपलाइ प्रभाकारी बनाउन अनलाइन खोप दर्ता प्रक्रिया सुरु गरे संगै विराटनगर महानगरपालिकामा पनि अनलाइन खोप दर्ता अभियान प्रभावकारी रुपमा संचालन भइरहेको छ। अभियानलाई प्रभावकारी बनाउनको निम्ति स्वयमसेवक परिचालन गर्नको लागि विराटनगर स्थित रहेको विकल्प एन अल्टरनेटिभले सहकार्य गरेको छ ।
विकल्पले अभियान संचालनको निम्ति सामाजिक संजाल मार्फत स्वयंसेवकको लागि आह्वान गरेको थियो । जसमा ८५ जना इच्छुक युवाहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । १९ वटा वडाको निम्ति ८५ जना इच्छुक युवाहरु मध्येबाट ४० जना स्वयंसेवक छनौट गरिएको छ । स्वयंसेवकलाइ अभिमुखीकरण कार्यक्रम गरे पश्चात वडामा अनलाइन खोप दर्ताको निम्ति सबै वार्डमा परिचालन गरिएको छ । यस कार्यक्रम गर्नु अघि बिराटनगरमा ३३,१७५ जनाले नाम दर्ता गरेका थिए भने अभियान संचालन गरे यता ७ दिनमा (२१ अगस्ट २०२१सम्ममा) सो संख्या ६३,७७५ पुगेको विकल्पका संस्थापक वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस अभियानलाइ १० दिन सम्म बिराटनगरमा संचालन गरिनेछ ।
अनलाइन भ्याक्सिन दर्ताको निम्ति विराटनगर महानगरपालिकाले सम्पूर्ण नगराबासीहरुमा अपिल समेत गरेको छ।