झापा – झापाको कन्काईमा आठ महिने शिशु सहित श्रीमान श्रीमतीले झुण्डिएर आत्महत्या गरेका छ्न ।
कनकाई नगरपालिका १ स्थित सुरुङ्गामा झुण्डिएर आत्महत्या गर्नेहरूमा ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विश्वकर्मा रहेका छन। उनीहरूका ८ महिनाकी छोरी रुविना पनि सँगै झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।
उनीहरूले आज आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन । घटना बारे थप अनुसन्धान भइरहेको सुरुङ्गा प्रहरीले जनाएको छ ।