रूपन्देही – अविरल बर्षको कारण आएको बाढीबाट रुपन्देहीमा दर्जनौ घर भत्किनुका साथै बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । दानव नदीमा आएको बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएर बेपत्ता बनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दाउरा बटुल्ने क्रममा बाढीले बगाएर बब्लु बेपत्ता भएका थिए ।
बाढीले जिल्लाका दर्जनभन्दा बढि घर बगाएको छ । रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका १४ कच्ची र बुटवल उपमहानगरपालिका–१२ सिर्जनाटोलका हरि ढकालको चारकोठे पक्की घर बाढीले भत्काएको हो ।उक्त क्षेत्रमा बाढीको कारण एक सय घरपरिवार विस्थापित भएका छन् ।