सविन घिमिरे,
भूटानी कृषकहरूले परम्परागत रूपमा एकीकृत निर्वाह खेतीको अभ्यास गरिरहेका थिए । आजको दिनमा उनीहरु बढ्दो उद्यमशीलता खेती गर्दै छन्। भूटानको कृषि प्रणालीको विकास बुझ्नको लागि कृषि परिवर्तनको अध्ययन महत्वपूर्ण छ। भूमण्डलीकरणको वर्तमान दर र कृषि व्यवसायमा भएको सुधारका कारण भूटानमा उद्यमी किसानहरूको संख्या भविष्यमा बढ्ने अवस्थामा रहेको छ । सरोकारवालाहरूले अझै पनि भुटानमा कृषि व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न प्रयास गरिरहेका छन ।
भुटान एक कृषिप्रधान देश होस यसको आधाभन्दा बढी जनसंख्या कृषिमा निर्भर गर्दछ। द ग्लोबल इकोनोमि डट कमको पछिल्लो तथ्याङ्क अनुसार कृषिले भुटानको जि डि पि मा १५.८२ प्रतिशत योगदान दिएको छ। अधिकाङ्स समय बाहिरी मुलुकबाट अलग रहेको भुटानले १९६० को दशकमा मात्र आधिकारिक रूपमा बाहिरको दुनियाको लागि आफ्नो सिमाना खुल्ला गरेको थियो। कृषि आधुनिकीकरणतर्फ भूटानको प्रयास १९६१–६६ मा आफ्नो पहिलो पंचवर्षीय योजनाबाट शुरू भयो। त्यसबेलादेखि धेरै क्षेत्रमा भुटानले बिकास गरिरहेको छ । भूटान शाही सरकारको निरन्तर सहयोगले अन्य क्षेत्रहरु जस्तै कृषि विकास पनि फस्टाएको छ जसको कारण देशका धेरै जसो कृषि मजदुरहरु किसानबाट उद्यमी किसानहरुमा परिवर्तन भएका छन। भूटानमा कृषि विगतको परम्परागत गाउँ केन्द्रित उत्पादनबाट बजारमा आधारित खेतीमा सर्दै गइरहेको छ जुन राष्ट्रिय र विश्वव्यापी बजारमा एकीकृत छ । भूटानी किसानलाई किसानबाट उद्यमी किसानमा रूपान्तरणका लागि जिम्मेवार कृषिका केहि तत्वहरुको समीक्षा गर्न सकिन्छ । शहरीकरण, कृषि यन्त्रीकरण, सामुदायिक संस्था, उच्च मूल्यका उत्पादनहरू र युवा आकांक्षा भुटनको कृषि क्रान्तिका केहि तत्वहरु हुन ।
शहरीकरण
भुटानमा यातायात र सञ्चार सुविधा अभावका कारण ग्रामीण-शहर सम्बन्ध सिमित थियो। तथापि, आज देशमा सुधारिएको विकासक्रमले ग्रामीण तथा शहरी अन्तक्र्रियालाई सहज बनाउदै लगेको छ । ग्रामीण समुदायहरूमा असंख्य सामाजिक आर्थिक समस्या तथा श्रम अभाव विद्यमान रहे पनि शहरीकरणले स्थानीय कृषकहरूलाई उनीहरूको कृषि उत्पादनका लागि बजार अवसरहरू उत्पन्न गरेर प्रोत्साहित गरेको छ । भुटानको बढ्दो सहरी जनसंख्याले अन्नबाली, तरकारी र दुग्धजन्य वस्तुहरूको उच्च माग सिर्जना गरे संगै किसानहरूलाई शहरी क्षेत्रहरूका माग पूरा गर्नका लागि यस किसिमका कृषि उत्पादनहरू उत्पादन गर्न प्रेरित गरेको छ । फल स्वरूप, किसानहरू उच्च मूल्यको बालीनाली उत्पादन र आय आर्जन गर्न सकिने जनावारहरु पालन गर्नमा ध्यान दिन थालेका छन । भूटानको राजधानी थिम्पुुमा अवस्थित द थिम्पु सेनेटेरी किसान बजार, राजमार्गहरुमा रहेका तरकारी आउटलेटहरू र प्रमुख शहरी केन्द्रहरूमा रहेका साप्ताहिक बजारहरूले भुटानको खेतीमा शहरीकरणको प्रभाव देखाउँदछ। शहरीकरणले त्यहाको कृषिमा संलग्न व्यक्तिलाई उद्यमी खेतीतर्फ आकर्षित गर्न प्रभाव पारिरहेको छ ।
कृषि यन्त्रीकरण
भूटानमा कठिन भौगोलिक संरचना तथा हिमाली भूभागको मात्रा रहेको छ । यसको कुल भौगोलिक क्षेत्रको अधिकाङ्श भुभाग भिरालो पहाड रहेको छ । यसले गर्दा भुक्ष्य तथा अनुत्पादनको जोखिम रहेको छ । विगतमा यस भूभागले ग्रामीण समुदायहरूलाई एक अर्काको पहुँचबाट टाढा राख्यो। यद्यपि हालसालैका दशकहरूमा देशभर सडक विस्तार , मोबाइल फोन नेटवर्क, टेलिभिजन र जलविद्युत्को साथसाथै वस्तु र सेवाहरूको प्रवाहमा सुधार आएको छ। नतिजा स्वरूप, आज किसानहरूसँग पहिलेको भन्दा आधुनिक कृषि प्रविधिहरूमा राम्रो पहुँच छ। दक्षिण एशियाको कृषि यन्त्रीकरण ५० बर्ष पहिले शुरू भयो। यद्यपि भूटान कृषि यन्त्रीकरणमा लागेको भर्खरै मात्र हो। भूटानको शाही सरकारले सन १९८३ मा भुटानको भूभागको लागि उपयुक्त कृषि यन्त्रीकरणलाई बढावा दिन कृषि औजार केन्द्र ( एमसी) े स्थापना गर्यो।
२०१६ मा किसानहरुलाई थप राम्रो सेवाहरु प्रदान गर्ने उद्धेश्यले एमसी संगठित भयो र फार्म मेसिनरी कर्पोरेशन लिमिटेड (एफएमसीएल) को नामकरण गरियो । एफएमसीएलले किसानहरूलाई असंख्य मेकानिकल सेवाहरू प्रदान गर्दछ । आज किसानहरु हलो जोत्ने काममा गोरूहरूको साटो दुई वा फोरव्हील पावर टिलरहरू प्रयोग् गर्छन । कृषकहरू बिस्तारै आधुनिक प्रविधिहरुको प्रयोगमा आकर्षित हुँदै आएका छन । परम्परागत कृषि श्रममूलक थियो जसमा स्थानीय मजदुरहरूको उपयोगको आवश्यकता थियो । किसानहरू आधुनिक प्रविधिको पक्षमा रहनुको एउटा कारण ग्रामीण भूटानी समुदायहरूमा श्रमिकको अभाव पनि एउटा कारण हो । कृषि यांत्रिकीकरणका लागि जिम्मेवार अर्को कारण भनेको किसानहरूको उत्पादन बढाउन उनीहरूको इच्चाशक्ति हो । आधुनिक कृषि प्रविधिहरूले परम्पारागत विधिबाट चलेका कृषकहरु उद्यमी किसानहरुमा परिवर्तन हुने क्रम चलिरहेको छ ।
सामुदायिक संस्था
भुटानी समुदायहरू अनौपचारिक सामाजिक संस्थाहरूमा निर्भर थिए जुन आफन्त र छिमेकीका सम्बन्धहरूद्वारा प्रेरित थियो । वर्तमान वर्षहरूमा भुटानमा औपचारिक सामुदायिक संस्था देखा परेका छन्। आज ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू सहकारी र किसान समूह जस्ता संस्थाहरूमा आवद्ध छन । भुटान शाहि सरकारले सन २००१ मा भूटानको पहिलो सहकारी ऐन लागू गरी २००९ मा संशोधन गरेको थियो। सन २०१० मा त्यहाको सरकारले कृषि तथा बजार सहकारी विभाग (डीएएमसी) गठन गर्यो । डीएएमसीले भुटानमा सहकारी तथा किसान समुहको विकासलाई सहयोग पुर्याउँछ। भुटानमा सन् २०१० पछि सहकारी संस्थाको विकासले गति प्राप्त गर्यो । भुटानको कृषि तथा वन मन्त्रालयको तथ्याङ्क अनुसार सन २०१७ सम्म भुटानमा २३३६ सदस्यहरु रहेको ५७ सहकारी सन्स्था दर्ता भएको थियो भने ७५३२ सदस्यहरु रहेका ३७० दर्तावाला किसान समुहहरु रहेको थियो । यी सफल संस्थाहरूले समुदायका दुबै सदस्य र गैर सदस्यहरुको जीविका सुधार गर्ने लक्ष्य राखेको छ ।
सामान्य रूपमा भुटानमा औपचारिक सामुदायिक संस्थालाई विकासको लागि एक वाहनको रूपमा मानिन्छ। भुटान सरकारले यी संस्थाहरूको फाइदाहरूमा ठूलो विश्वास राखेको छ र उनीहरूलाई समर्थन गर्ने ऐन तथा नीतिहरू विकास गरेर उनीहरूको सफलताका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । आज भूटानका संस्थाहरू औपचारिक सामुदायिक संस्थामा रूपान्तरण भइरहेका छन् जसले सीमान्तकृत किसानहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूलाई अनुपलब्ध हुने व्यवसायका अवसरहरू प्रदान गरेको छ । यी औपचारिक संस्थाहरूले किसानहरूको बजार लागत र उत्पादनहरूको ग्यारेन्टी गर्छन् जसले गर्दा किसानहरुलाई कृषि उत्पादनको अधिक मात्रा र गुणस्तरीय उत्पादन गर्न प्रोत्साहित गरेको छ । यसैले भूटानका सामुदायिक संस्थासँग भविष्यमा उद्यमी किसानहरू उत्पादन गर्ने क्षमता रहेको छ ।
उच्च मूल्यका उत्पादनहरू
विगतमा भूटानी कृषकहरू कम उत्पादनशील बाली र गाइवस्तु पालन गरेर परम्परागत खेती गर्ने अभ्यास गर्थे। उनीहरुले केवल आफ्नो परिवारलाई विहान बेलुका छाक टार्नको लागि खेती गर्थे । यी खेतीपाती स्वदेशी ज्ञानमा मात्र आधारित थियो। बीसौं शताब्दीको अधिकांश समय किसानहरूले मूल्य-वर्धित उत्पादनहरूमा पूँजीकरण गरेनन् किनकि त्यहाँ यी उत्पादनहरूका लागि पर्याप्त बजार थिएन।
आज किसानहरूले नजिकैका सहरी केन्द्र र अन्तर्राष्ट्रिय बजारहरूबाट उच्च माग भएका स्याउ, सुन्तला, अलैंची, अदुवा, खोर्सानी, विभिन्न चामल , विभिन्न तरकारी जस्ता कृषि उत्पादनहरू व्यावसायिक रूपमा उत्पादन गर्दछन् । कम उत्पादनशील गाईवस्तुहरूको ठाउमा जर्सी र ब्राउन स्विस जस्ता उच्च उपज दिने विदेशी जातका गाईहरु प्रतिस्थापन गरिएको छ। देशका कृषकहरूलाई सामान्यतया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको अवस्थामा जैविक् कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्रमाणिकरण गरेर यो चुनौतीलाई जित्न सक्ने विश्वास भुटानले लिएको छ।
युवा आकांक्षा
भुटान शाही सरकारले युवाहरुलाई कृषिलाई आफ्नो क्यारियरको रूपमा रोज्न प्रोत्साहित गरेपनि शिक्षित युवाहरूले स्नातक पछि कृषिमा क्षेत्रलाई त्यति चासो दिएको देखिदैन । तिनीहरू सरकारी सेवा वा अन्य राम्रो निजि काममा आफ्नो क्यारियर बनाउने चाहना राख्छन्। भूटानका धेरै शिक्षित व्यक्तिहरू अझै पनि खेतीपातीलाई तल्लो स्तरको ठान्छन । यद्यपि, आजको दिनमा पहिले भन्दा धेरै विश्वविद्यालय स्नातकहरूले कृषिलाई आफ्नो क्यारियर बनाएका छन र यसैमा आफ्नो सफलता खोजिरहेका छन्। शिक्षित युवाहरूले उद्यमी किसानको रूपमा काम गर्न सुरु गरिसकेका छन। उदाहरणको लागि युथ इन एग्रीकल्चर प्रोग्राम, भर्खरको स्नातकहरूको समूहले आरम्भ गरेको वाणिज्यिक तरकारी फार्म इत्यादि धेरै सफल भएको छ। युवाहरुले पहल गरेका यस्ता फार्मको सफलताले अन्य युवाहरूलाई कृषिलाई आफ्नो क्यारियर बनाउन प्रेरित गरेको छ। भुटानको निरन्तर उद्धमी शिक्षा जस्तै प्रशिक्षण, विश्वविद्यालयमा उद्यमशीलताका कोर्सहरू, व्यवसायिक सल्लाहकारहरूको उपलब्धता , पूर्वाधारमा सुधार जस्ता कुराहरुले त्यहाको युवाहरूलाई उद्यमशील खेती अँगाल्न प्रेरित गर्न क्षमता राखेको छ ।