मधुमल्ला – मोरङको मिक्लाजुङ गाउँपालीकामा १० शैयाको मिक्लाजुङ सामुदायिक अस्पतालको सिलन्यास गरिएको छ । सोमाबार पुर्व मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले अस्पतालको शिल्यान्यास गरेकी हुन । मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा निर्माण हुने सो समुदायिक अस्पताल दुई बर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ । निमार्ण हुदै गरेको अस्पताल निर्माणको कुल लागत मुल्य अभिवृधी कर सहित १३ करोड ४१ लाख ४२ हजर ६ सय ७५ रुपया ३ पैशा रहेको छ । यस बर्ष आठ करोड ५८ लाख ९४ हजार ५ सय २५ रुपैया ४८ पैशाको ठेक्का सम्झौता भएको छ । लामा एण्ड युनिभर्र्षल ज्वइन्ट भेन्चरले पाएको अस्पतालको ठेक्का दुई बर्ष भित्रमा निमार्ण सम्पन्न हुने बताइएको छ । भवन निर्माणका लागि मिक्लाजुङ वडा नं. २ का दिलकुमार लिम्बु,देहाङ लावती र श्याम लावतीले ३० रोपनी निःशुल्क जग्गा उपलब्ध गराएका छन ।
सो भवन निर्माण भए पछि मिक्लाजुङ गाउँपालिका क्षेत्रका स्थानीय वासिन्दाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउने मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी राइले बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राइले नागरिकहरुलाई स्वास्थ्य सेवा सहज र सरल रुपमा दिन मिक्लाजुङ गाउँपालिका निरन्तर रुपमा लागि परेको बताइन । कार्यक्रममा पथरी शनिश्चरे नगर उप प्रमुख यमुना बिष्ट ,लेटाङ नगर उप प्रमुख कृष्ण कुमारि पोख्रेल ,कानेपोखरी गा पा उपाध्यक्ष राजमती ईङनाम, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत शशि राई, वडाध्यक्षहरु बुद्धीमान लिम्बु, बुद्धीलाल निरौला, शुशिलराज चौहान, नविन कार्की, सोमनाथ अधिकारी, स्वस्थ्यकर्मी , राजनैतिकदलका प्रतिनिधीहरु र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।