दुइ दशक देखि विद्रोह गरिरहेका तालिवानलाई विश्वकै धनी शक्तिशाली विद्रोही समूहमध्ये एक मानिन्छ । २ दशकको द्वन्द्व पछि , हजारौं तालिबान लडाकुहरुको मृत्यु को बावजुद पनि तालिबानको नियन्त्रण र सैन्य शक्ति हालैका वर्षहरुमा बढेको छ। हाल तालिबान संग ८५ हजार भन्दा बढी लडाकुहरु रहेको छ । जुनसुकै देशको सेना तथा प्रहरीहरुको लागि देशले ठुलो धनराशि खर्च गरेको हुन्छ। जनताले दिएको करबाट देशले सेना तथा प्रहरीहरुको खर्च धान्ने गर्दछ ।
तालिबान जस्ता विद्रोही समुहले पनि हातहतियार , बसोबास , खानपान जस्ता विभिन्न कुराको लागि धेरै धनराशी खर्च गर्नु पर्ने हुन्छ । संयुक्त राष्ट्र संघका अनुसार २०११ यता तालिबानको वार्षिक आम्दानी ४०० मिलियन अमेरिकी डलर रहेको छ । बीबीसीको अनुसन्धान अनुसार २०१८ को अन्त्य तिर सम्ममा यो आम्दानी बढेर १ .५ बिलियन डलर रहेको हुन सक्ने जनाएको छ। यतिका रकम कहाबाट आर्जन गर्छ तलिबानले ? यो भने सबैको चासोको विषय रहेको छ। तालिबानले आम्दानीको अनेक स्रोत विकास गरेको छ भने वित्तिय संजाल भित्रभित्रै फैलाएको छ ।
तालिबानले भारि मात्रामा रकम आर्जित गर्ने एउटा प्रमुख स्रोत वैदेशिक सहयोग हो । पाकिस्तान , इरान र रसियाजस्ता देशहरुले तालिबनालाई सहयोग गरेको भन्ने आरोप अमेरिका र अफगानिस्तानले लगाउदै आइरहेको छ । पाकिस्तान र साउदी अरब , कतार , यु ए इ जस्ता विभिन्न खाडि मुलुकका धनाड्य व्यक्तिहरुलाई तलिबानलाई सहयोग गर्ने सबैभन्दा ठुलो व्यक्तिगत योगदानकर्ता मानिन्छ ।
यस किसिमको वैदेशीक तथा व्यक्तिगत सहयोग मार्फत कति अनुपातमा सहयोग तलिबानले प्राप्त गर्छ भन्ने ठ्याक्कै मापन गर्न असम्भव भए पनि विज्ञहरुले यस प्रकारको सहयोग प्रति वर्ष ५०० मिलियन अमेरिकी डलर प्राप्त हुने बताएका छन् ।
तालिबानले लामो समयदेखि अवैध लागुऔषधको कारोबार लगायतका विद्रोही गतिविधिहरु संचालन गरि आर्थिक प्रणाली अगाडि बढाएको बताइन्छ । अवैध लागु औषधि कारोबारबाट तालिबानले वार्षिक १०० देखि ४०० अमेरिकी डलर अनुमानित आम्दानी गर्ने गरेको बताइन्छ ।
तालिबानले विभिन्न निकाय तथा व्यक्तिबाट चन्दा असुल गर्ने गरेको छ। सन् २०१८ मा एक खुला पत्रमा तालिबानले अफगानिस्तानका व्यापारीहरुलाई नियन्त्रणमा रहेका क्षेत्रहरुबाट यात्रा गर्दा इन्धन र निर्माण सामग्री सहित विभिन्न सामानहरुमा कर तिर्न चेतावनी दिएका थिए।
अफगानिस्तान सरकारलाई हटाएपछि तालिबानले हाल देशका सबै प्रमुख व्यापारिक मार्गहरुका साथै सीमा नाकाहरुलाई नियन्त्रण गरेको छ ।यसले गर्दा तालिवानले आयात र निर्यातबाट राजस्वको अधिक सम्भावित स्रोतहरु सिर्जना गरीरहेको छ।
तालिबानले पश्चिमी मुलुकद्वारा लगानी गरिएको विकास र पूर्वाधार परियोजनाहरु कर लगाएका छन् । तालिबानले देशका विभिन्न भागमा तैनाथ अन्तर्राष्ट्रिय सेनालाई आपूर्ति गर्ने ट्रकमा कर लगाएर वार्षिक करोडौं डलर कमाएको बताइन्छ । त्यस्तै सिधा द्वन्द्व बाट उत्पन्न आय पनि तालिवानको रहेको छ। प्रत्येक पटक तालिबानले सैन्य चौकी वा एक शहरी केन्द्र कब्जा तथा खान तलासी गरेर त्यहाका हातहतियार तथा अन्य सम्पति हत्याउने गरेको पाइन्छ ।
खनिज र बहुमुल्य पत्थर तथा धातुका लागि अफगानिस्तान धनी राष्ट्र हो । तालिबानले यस्ता खनिज पदार्थ उत्खनन गरिने क्षेत्रहरु नियन्त्रण लिएको छ जसको कानूनी र अवैध खननबाट पैसा आर्जन गरेको छ।सन् २०१४ को एक प्रतिवेदन अनुसार तालिबानले दक्षिणी हेलमान्ड प्रान्तमा २५ देखि ३० अवैध खानी सञ्चालनबाट एक वर्षमा १० मिलियन डलर भन्दा बढी प्राप्त गरेको बताइएको छ।