
विश्वका धेरै देशले लकडाउनलाई खुकुलो बनाइरहेका छन् । नेपालमा पनि आर्थिक चलायमान गर्न लकडाउनलाई विस्तारै खुकुलो बनाइएको छ । कोभिड १९ महामारीले निम्त्याएको लकडाउनको कारण धेरै लघु र साना तथा मझौला उद्योगले कठिन समय भोगिरहेका छन्। । कोविड १९ महामारीको कारणले पछिल्लो केहि समयमा न्युन घरेलु मागसँग संघर्ष गर्दै लाखौं साना व्यवसायहरूको आर्थिक गतिविधिहरूको पतन हुन थालेको छ। कति व्यवसायहरुको त पलायन हुने अवस्थामा समेत पुगेको छ । अधिकांश व्यवसायहरूको लागि जीवनभरको संकट बनेको छ ।यसले गर्दा ति व्यवसायको अस्तित्वगत प्रश्नहरू खडा गरेको छ। व्यवसाय धारापमा पर्यो भनेर पुर्पुरोमा हात लगाएर बसे समयको वर्बादि बाहेक केहि होइन । यस कठिन परिस्थितिमा हाम्रो जस्तो व्यवसाय उठ्न सम्भव छ त? छ भने कसरि त? अबको व्यवसायको ढाचा कस्तो बनाउने? जस्ता प्रश्नहरुको उत्तर खोज्नु अहिलेको व्यवसायिको आवश्यकता हो ।
कमजोर मोडल अब टिक्दैन
कोविड १९ ले व्यवसाय सन्चालक तथा कर्मचारि समेत समेत पिडित भएका छन । केहि व्यवसायले बोल्ड निर्णय पनि लिनुपर्ने अवस्था आउन सक्छ। आम्दानि कम हुने तर व्यवसायलाई निरन्तरता दिनुपर्ने हुदा कर्मचारिको भत्ता तथा बोनसजस्ता भुक्तानी रद्द गर्नुपर्ने अवस्था आउन सक्दछ । यस अवस्थामा सन्चालकले कर्मचारिलाई मितव्येयि तथा पारदर्शिता भुमिका खेलेर स्पष्ट धारणा बुझाएर कदम चाल्नु पर्छ। कर्मचारीले पनि यस परिस्थितिलाई बुझेर कम्पनिलाई सहयोग गर्नुपर्दछ । व्यवसाय सन्चालकले कर्मचारि पहिचान गर्ने उचित समय पनि हो यो ।लेखाजोखा र पारदर्शिता , राइट म्यान इन राइट प्लेस ,अवार्ड एन्ड पनिसमेन्ट अबको व्यवसायमा पनि लागु गरेर अगाडि बढ्नुपर्दछ । सामाजिक दुरि कायम कोरोनाको लागि मात्र नभएर अन्य रोगहरुको लागि पनि आवश्यक पर्न सक्दैन भन्न सकिदैन । सेवा क्षेत्र तथा विशेष गरी ज्ञान आधारित सेवामा संलग्न ती व्यवसायहरुले घरबाट कार्य गर्न सक्ने किसिमको कार्य भए कर्मचारिलाई घर बाट काम गर्नको लागी आफ्नो कर्मचारीहरुलाई अनुमति दिइनुपर्दछ । साथै घरबाट काम गर्ने कर्मचारीको कार्यको निगरानि गरिनुपर्दछ । घरबाट काम गरिरहेका कर्मचारीहरूबाट दिईएको आउटपुटलाई सहज पार्न कम्पनिले आन्तरिक प्रक्रियाहरू द्रुत रूपमा विकसित गर्नुपर्दछ । व्यवसाय मोडेल भित्र नगएका व्यवसायको लागि स्वीकार्य रूपमा यो एक सरल व्यायाम भने होईन । त्यसैले यदि आवश्यक छ भने, सन्चालकले व्यवसाय मोडल परिवर्तन गर्नु पर्ने हुन सक्दछ । व्यवसाय मोडेल परिवर्तन गर्न विशेषज्ञ र परामर्शदाताको मद्दत लिन सकिन्छ। तर नेपालमा यस्ता परामर्शदाताको बारेमा धेरैलाई थाहा छैन। सरकारले व्यवसायसम्बन्धि परामर्श चाहिएको व्यवसायिलाई यस्ता किसिमको परामर्श उपलब्ध गराउन मद्धत गर्नुपर्दछ। यो समय नयाँ उत्पादहरूको बारेमा सोच्न, नयाँ रणनीति बनाउने र नयाँ व्यवसाय मोडेलहरूमा काम गर्ने समय हो। कमजोर मोडल भएका व्यापार टिक्न कठिनाई हुन सक्छ । त्यस्ता व्यवसायले वर्तमान बजार स्थिति कायम गर्न नसक्दा विलय भएर जान सक्छ ।
सुमधुर सम्बन्धको भुमिका अपरिहार्य
कर्मचारी र सन्चालकले एक अर्कोलाई आफ्नो परिवारको सदस्यजस्तै गरेर रेखदेख गर्न सक्ने वातावरण नबनेसम्म कुनै पनि कम्पनिको प्रगतिले रफ्तार लिन सक्दैन । त्यसैले कर्मचारि र सन्चालकको सम्बन्धले पनि व्यवसाय अगाडि बढ्ने कुरामा महत्व राख्दछ । व्यवसाय बन्द भएको कारण धेरै व्यवसायको ग्राहकसङ्गको दुरि बढेको छ । यसले लकडाउन पस्चातको व्यापारमा एक प्रकारको भुमिका खेल्दछ । त्यसैले ग्राहकसंग कुरा गर्न र उनीहरुसंग राम्रो सम्बन्ध बनाउनको लागी यो सबैभन्दा महत्वपूर्ण समय हो। एक दिनमा केही फोन कल मार्फत् उपलब्ध भएका आफ्ना ग्राहकसँग व्यापारको बारेमा छलफल गर्नुपर्दछ। सामाजिक सन्जाल मार्फत पनि आफ्ना ग्राहकको सम्बन्ध व्यवसायसङ्ग कायम गर्न सकिन्छ । यसले गर्दा लामो अवधिका सम्बन्धहरू निर्माण गर्न धेरै दुरि तय नगर्नुपर्ने बाटो निर्माण गर्न सक्दछ । यस बाहेक व्यवसाय सन्चालक तथा कर्मचारिले आफ्ना ग्राहकलाई अत्यावश्यक मद्दत गर्न खुला हुनुपर्दछ।
सिकाइ र प्रशिक्षणमा जोड दिने
लकडाउनको समयमा घरमै बसिरहेको अवस्था भएपनि एक व्यवसायिको हैसियतले यो समयलाई व्यवसाय सन्चालकले आफ्नो खाली समय सिक्ने र प्रशिक्षणमा खर्च गरेर सदुपयोग् गर्नुपर्दछ । यसले भविष्यको सफल व्यवसायको ढोका खोल्न सदछ । कम्पनिको कर्मचारिलाई सन्चालकको विवेक र शिपले प्रेरणा मिल्ने हुदा सन्चालकले नयाँ कुरा सिक्न व्यस्त हुनु आवश्यक छ । व्यवसायको लागि धारणा मात्र भएर पर्याप्त हुदैन । यसलाई सफल बनाउन ग्राहकको माग अनुसार स्रोत र साधनलाई पनि परिचालन गर्नु पर्दछ । यस विषयमा खाका कोर्नको लागि व्यवसायीले समय खर्चिनु पर्ने समय आएको छ । यस समय वितेका कम्पनिको आयब्यय तथा गलत कदमहरुलाई अध्ययन गर्न सकिन्छ । मार्केटिङ स्ट्राटेजिहरुको निर्माण गर्न सकिन्छ। सबै भन्दा महत्त्वपूर्ण कुरा, व्यवसाय सन्चालकले आफ्ना साथि उद्यमी तथा विज्ञको सहयोग लिनमा हिचकिचाउनु हुँदैन किनभने सामूहिक विवेकले सधैं प्रभावकारी भुमिका खेलेको हुन्छ ।
आर्थिक स्वतन्त्रताको बाटो
अबको बाटो आफ्नै देशको स्रोत साधनलाई परिचालन गरेर अगाडि बढ्नुपर्दछ । यस स्रोतलाई परिचालन गरेर व्यवसाय गर्नुको लागि कुनै पनि अड्चन आउनु हुदैन । सन् १९९७ तथा २००८ मा समेत भएको आर्थिक सङ्ग्कटको समयमा धेरै देश डुब्दा मलेसिया आर्थिक शक्तिको रुपमा उदायो । त्यतिबेला मलेसियाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको रिण नलिकन आफ्नै स्रोतको परिचालन गर्यो । त्यो परिचालन गर्न सक्नुको एउटा कारण थियो आर्थिक स्वतन्त्रता । अब हामीले पनि अर्थिक स्वतन्त्रतालाई वढावा दिनुपर्दछ । कुनै पनि नागरिकले कुनै पनि व्यक्ति, सङ्गठन वा राज्यको अनावश्यक हस्तक्षेप र रोकटोक बिना सहज रूपमा आफ्नो पेसा सन्चालन गर्न पाउनु आर्थिक स्वतन्त्रता हो । यस अन्तर्गत नागरिकले कसैको जबरजस्ती र करकाप बिना आफ्नो पेसा व्यवसाय गर्न, उत्पादन गर्न, प्रतिस्पर्धा गर्न, लगानी गर्न, लेनदेन गर्न, छनौट गर्न, खरिदबिक्री आदि जस्ता कार्य गर्न स्वतन्त्रता प्राप्त गर्दछन् । राज्यले अर्थतन्त्रमा प्रत्यक्ष हस्तक्षेपको नीति अङ्गाल्नुको साटो विभिन्न पेसा, व्यवसाय र उद्यम गरेर खाने नागरिकहरूको निम्ति सहज वातावरण बनाउने सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ । नागरिकहरूको जिउधनको रक्षा गर्ने, दुई व्यक्ति वा संस्थाबिच भएको सम्झौतालाई कार्यान्वयन गराउने, प्रतिस्पर्धा र व्यक्तिगत छनौटको अवसरलाई सुनिश्चित गर्ने, स्वैच्छिक लेनदेनको वातावरणलाई बढावा दिने र हरेक नागरिकलाई समान अवसर प्रदान गर्ने नीति राज्यले अवलम्बन गर्नुपर्दछ । रास्ट्रले नागरिकलाई आर्थिक रुपमा दिर्घकालिन सक्षम बनाउन आर्थिक सहयोगभन्दा पनि नितिगत उपचार आवश्यकता पर्दछ।