काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनमा महानगरपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । क्यान्सरबाट पीडित ६५ वर्षीय श्रेष्ठको उपचारका क्रममा विहिबार साँझ नर्भिक अस्पतालमा निधन भएको थियो। २०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई केहि महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।
उनको शव आज विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ । विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने जानकारी प्राप्त भएको छ । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।