पर्वत – पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा एकै घरका ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् । पुरिएका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ भने अन्य ३ जना वेपत्ता रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेका छन् । यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।