काठमाण्डौ – नेपाल र भारतबीच दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुदैंछ । अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपमा भाग लिने दुवै टोली त्यसको तयारी गरि रहेका छन् । दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो । दुवै टोलीले बिहीबार खेलेका पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुङ्गिएको थियो ।
भारतसँगको खेलपछि नेपाली टोली सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ ।