संखुवासभा – संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेका छन् । तेजबहादुर कार्कीको परिवारका ६ जना मृत अवस्थामा फेला परेको नगर प्रमुख बिदुर लिङ्थेपले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । उनीहरु रगताम्मे अवस्थामा घर नजिक विभिन्न स्थानमा फेला परेको जानकारी प्राप्त भएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खादबारी, प्रहरी चौकी ओखरभोटे र अस्थाई प्रहरी पोस्ट चौकीबाट प्रहरी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।
(सच्याइएको :” ६ जना मृत अवस्थामा फेला” हुनु पर्नेमा ” ५ जना मृत अवस्थामा फेला ” भएकोमा सच्याइएको छ ।)