विराटनगर – विराटनगरको फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने तयारि गरेको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साह जनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मनाउने भएको हो। क्विकर फुडले प्रत्येक वर्षको भाद्र २६ गते आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ । यस वर्ष पनि ग्राहकहरुलाई अनेकौ अफर तथा छुटहरुका साथै रु २ लाख सम्मको पुरस्कार प्रदान गर्ने योजना क्विकरले अघि सारेको हो ।
यस अवसरको मुख्य आकर्षण मेगा गीभ अवे अन्तर्गत एक जना भाग्यशाली ग्राहकले एक वर्षको भायानेट ईन्टरनेट प्याकेज प्राप्त गर्नेछन् भने क्विकर फुड मार्फत वर्षभरी सित्तैमा अर्डर गर्न सक्ने सुविधा पाउनेछन् । साथै अन्य सहयोगी ब्रान्डहरुका सामाग्री खरिदमा छुट तथा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको कम्पनिका म्यानेजर क्षितिज गौतमले बताएका छन् । अफर सम्बन्धी जानकारीहरु क्विकरफुडको फेसबुक तथा ईन्स्टाग्राममा जोडिएर लिन सकिने गौतमले बताएका छन् ।
#Advertisement