विराटनगर – विराटनगर वार्ड नम्बर ११ का भिम कामतको जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा नै मृत्यु भएपछी त्यसको विरोधमा मंगलबार पनि विराटनगरमा आफन्त तथा स्थानीयले प्रदर्शन गरेका छन् ।गत शुक्रबार साढे तीन केजी गाँजासहित आफ्नै होटलबाट पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । कामतको मृत्युको कारण प्रहरीको यातना भएको भन्दै सोमबारदेखि आन्दोलन गरिरहेका आफन्त तथा स्थानियले मंगलबार पनि विराटनगरको राजमार्ग समेत बन्द गरेर राजमार्गका विभिन्न चौकहरुमा टायर बालेर विरोध गरेका हुन् ।
विराटनगर ११ का भिम कामतलाई प्रहरीले भदौ १८ गते साढे ३ किलो गाँजा तथा १ लाख २२ हजार बढी नगदसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यू भएको थियो । प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको बताएको छ । आफन्तहरुले कामतको प्रहरीको यातनाको कारण मृत्यु भएको आरोप लगाएका छन् ।
तस्बिर स्रोत : नितेश दाहाल