मधुमल्ला- मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्ला बाजारमा नेपाल सरकारलाई एमसीसी पास गर्न कार्यन्वयन नगर्न दवाब दिने उद्धेश्यले विरोध प्रर्दशन भएको छ । तोरीबारी सृजनशील युवा अभियानको आयोजनामा विरोध प्रदर्शन कार्यक्रम भएको हो । एमसीसी कार्यान्वयन भए नेपाल र नेपालीको हित बिपरितका काम हुने भएकाले यसको अविलम्ब खारेजीको माग गर्दै नेपाल सरकारलाई दबाब दिने उद्धेश्यले विरोध कार्यक्रम गरिएको तोरीबारी सृजनशील युवा अभियानका सचिव पडिन्द्र बस्नेतले बताए । मधुमल्ला बजार चोकबाट सुरु भएको र्याली मधुमल्ला बजार छबी चोक, भगवती मा.वि. हुदै मधुमल्ला बजार चोकमा आएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा एमसिसि खारेज गर , ५५ अर्बमा देश बेच्न पाइदैन , अमेरीकी हस्तक्षेप बन्द गर, देश बेच्न पाइदैन , अमेरीकी सेना चाहिदैन , राष्ट्रिय स्वतन्त्रता कायम गर लगायतका नाराहरु लगाइएको थियो ।
कोण सभामा तोरिबारी सृजनशील अभियानका सल्लाहकार रमेश बराल, युवा अभियान्ताहरु डिएगो चेम्जोङ, महेश थापा र बिमल कुवंरले मन्तव्य राखेका थिए ।