काठमाडौं – रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेल बनेका छन् । उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै दोस्रो सिजनको उपाधि हासिल गरेका हुन् । यो जितसंगै भरतमणीले २५ लाख नगदका साथै कार पुरस्कार पाएका छन् । त्यस्तै विक्की अग्रवाल फर्स्ट रनर अप र सन्तोष थापा कमेडी च्याम्पियन दोश्रो सिजनको सेकेण्ड रनर अप बनेका छन् ।