मधुमल्ला – मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ मा पर्ने सानो बक्राहा खोलाको पुल उद्घाटनका साथै जनता आवास कार्यक्रम अन्तर्गत निर्मित ११ वटा घरहरु शुक्रबार हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच मोरङ क्षेत्र नं. १ का संघिय सांसद घनश्याम खतिवडा, मोरङ क्षेत्र नं. १ क का प्रदेश सभा सदश्य कुलप्रसाद साम्बा (कुशल) ले संयुक्त रुपमा सानो बक्राहा पुलको उद्घाटन गरेका हुन । मिक्लाजुङ गाउँपालिकाको गौरवको अयोजनामा पर्ने यो पुल निमार्ण सम्पन्न भए संगै गाउँपालिकाको गौरवको आयोेजना मधुमल्ला–टाँडी–रमिते सडक पुरा हुने अन्तिम चरणमा पुगेको छ ।
कुल ५९ मिटर लम्बाई रहेको ८ सेट बक्स पुल मु.अ. कर सहित कुल दुई करोड ३८ लाख पाँचहजार पाँचसय ५९ रुपया ६३ पैशाको लागतमा निर्माण सम्पन्न भएको हो । । उत्त बक्स पुलको निर्माणको ठेक्का सतासी,एम.वि.ए. हेना. जेभीले पाएको थियो । सो कम्पनीले ठेक्का लिएको करिब ७ महिनामा नै सो पुल निर्माण गरि जिम्मा लगाएको हो । निर्माण सम्पन्न गरि जिम्मा लगाउनु पर्ने समय अवधी २ बर्ष भए पनि ठेकेदार कम्पनीले ७ महिनामै निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधी खणेश खड्कालाई मिक्लाजाुङ गाउँपालिकाले प्रशंसा पत्रले सम्मानीत गरेको छ ।
पुल निर्माणका लागि उत्तकृष्ठ कार्य व्यवस्थापन गरेकोमा मिक्लाजुङ गाउँपालिकाका इन्जीनियरहरु हसरत अली नेपाल, विवेक कार्की र योजना प्रमुख दिपक रोक्कालाई समेत सम्मान गरिएको थियो ।
सोही अवसरमा मिक्लाजुङ गउँपालिका वडा नं. ६ का पिबन्न परिवारका ११ घर परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत घर हस्तान्तरण गरीएको छ । कुल ४० लाखको लागतमा ११ वटा घर निर्माण गरि शुक्रबार घरको चाबी र प्रमाण पत्र समेत दिन पाउँदा खुसी लागेको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राइले बताइन । ४० लाखको लागतमा १० वटा घर बनाउनु पर्नेमा वडाले ११ वटा घर छनौंट गरेकाले ११ वटा नै घर निमार्ण गरिएको घर निमार्ण उपभोक्ता समितिका अध्यक्ष गणेश खड्काले बताए । यस जनता आवास कार्यक्रम अन्तर्गत घर प्राप्त गर्नेहरुमा मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का खड्ग बहादुर दर्जी,नरबहादुर थापा,सन्दीप भुजेल,कुल बहादुर खड्का,डिल्लीराम अधिकारी,सन्त बहादुर माखीम, रोशन बागदास,गंगा तामाङ,विर बहादुर दर्जी, गोपाल हुमागाइ र हेम कुमारी पौडेल रहेका छन् ।
सरकारले घर बनाइ दिएकोमा आफुहरुलाई खुशी लागेको बिपन्न परिवारका खड्ग बहादुर दर्जीले बताए ।