संखुवासभा – संखुवासभा जीललाको मादी नगरपालिका वार्ड न १ मा भाद्र २१ गते भएको सामुहिक हत्या प्रकरणले अर्कै मोड लिएको छ । प्रहारीले हत्यामा संग्लग्न भएको आरोपमा मुख्य योजनाकार सहित थप ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भनिएका ४७ वर्षीय खड्गबहादुर कार्की , २८ वर्षीय हस्तबहादुर कार्की , ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन् । उक्त हत्यामा संग्लग्न भएको आरोपमा मुख्य आरोपी भनिएका लोकबहादुर कार्कीलाई प्रहरीले भाद्र २७ गते पक्राउ गरि सार्वजनिक गरेको थियो ।
अनुसन्धानको क्रममा पक्राउ गरिएका थप चार जनाले पनि घट्ना स्वीकार गरेको प्रहरीले जनाएको छ । त्यस्तै सो हत्यामा प्रयोग भएको छुरी , कपडा र हत्या गरिएकी बुहारी रन्जना कार्कीको हराइरहेको मोबाइल पनि बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
संखुवासभा जिल्लाको मादी नगरपालिका वार्ड नम्बर १ खोलागाउमा २१ भदौ सोमबारको दिन ५२ वर्षीय तेजबहादुर कार्की, उनका ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।