संखुवासभा – संखुवासभा जीललाको मादी नगरपालिका वार्ड न १ मा भाद्र २१ गते भएको सामुहिक हत्या प्रकरणले अर्कै मोड लिएको छ । प्रहारीले हत्यामा संग्लग्न भएको आरोपमा मुख्य योजनाकार सहित थप ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भनिएका ४७ वर्षीय खड्गबहादुर कार्की , २८ वर्षीय हस्तबहादुर कार्की , ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन् । उक्त हत्यामा संग्लग्न भएको आरोपमा मुख्य आरोपी भनिएका लोकबहादुर कार्कीलाई प्रहरीले भाद्र २७ गते पक्राउ गरि सार्वजनिक गरेको थियो ।
अनुसन्धानको क्रममा पक्राउ गरिएका थप चार जनाले पनि घट्ना स्वीकार गरेको प्रहरीले जनाएको छ । त्यस्तै सो हत्यामा प्रयोग भएको छुरी , कपडा र हत्या गरिएकी बुहारी रन्जना कार्कीको हराइरहेको मोबाइल पनि बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घटनाको थप अनुसन्धान गर्न प्रदेश न १ प्रहरी प्रमुख प्रनामनि अरुण कुमार बिसी को निर्देशनमा संघिय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भिम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी , इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक र प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहितको संयुक्त अनुसन्धान समूह निरन्तर रुपमा यस घटनाको अनुसन्धानमा जुटी रहेको छ ।
अनुसन्धानबाट खुलेका थप तथ्यहरु
प्रहारीले सार्वजनिक गरेको मादी प्रकरणको अनुसन्धानबाट खुलेका थप तथ्यहरु सार्वजनिक गरेको छ । थप पक्राउ परेका अभियुक्तहरुले घटना स्वीकारेको प्रहरीले जनाएको छ । अनुसन्धान अनुसार घटना योजनावद्ध ढंगबाट ५ जनाको समुहले घटाएको खुलेको प्रहरीले जनाएको छ ।
सो हत्याको योजना अघिल्लो रात ८ बजे अभियुक्त लोक बहादुर कार्कीको घरमा मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की , लोक बहादुर कार्की र नरेश कार्की सहित बसेर बनाएका थिए । योजना अनुसार २१ गते बिहान मृतक तेज बहादुर कार्की खेताला बोलाउनको लागि लोक बहादुरको घरमा आउने र त्यहि अवसर पारेर तेज बहादुर र उनकी श्रीमतीको हत्या गर्ने तय गरिएको थियो । अन्यले थाहा पाए अन्यको पनि हत्या गर्ने र धनमाल समेत लाने योजना बनेको थियो ।
घटनाको दिन मृतक तेजबहादुरको पिप्ले स्थित रहेको खेतमा खेताला जानको लागि अभियुक्तहरु खड्ग बहादुर कार्की , हस्त बहादुर कार्की , लोक बहादुर कार्की र नरेश कार्की समेत पहिला नै निस्चित भएको थियो । योजना अनुसार भाद्र २१ गते बिहान मृतक तेज बहादुर बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज बहादुर कार्कीको घरमा गएर ” लोक बहादुर अल्छी छ , घरमै गएर कन्फर्म गर्नु ” भनि तेज बहादुरलाई लोक बहादुरको घरमा जना अभिप्रेरित गर्छन र आफ्नो घर फर्कन्छन । तेज बहादुर लोकबहादुरको घरमा जादै गरेको देखे पछि अभियुक्त खड्ग बहादुर र हस्त बहादुर तेज बहादुरको घर पछाडी चिर्पट बोकी तयारी अवस्थामा बस्छन । मृतक तेज बहादुर कार्की लोकबहादुरको घरमा गइ लोक बहादुरलाई ‘ अल्छी अझै उठेको छैनस” भनेर कराएपछि लोकबहादुर उठ्ठ्छ्न । लोक बहादुरका भाइ नरेश तथा बुबा रण बहादुर पनि घरमै रहेको सो अवस्थामा योजना अनुसार तेज बहादुर घर फर्कदै गर्दा लोक बहादुरले भाई नरेशलाई इसारा गर्छन र चिर्पट र अलैची काट्ने कैची लिएर तेज बहादुरको पछि पछि लाग्छन । घर पछाडी रहेको गगनेको रुख नजिक पुगेपछि लोक बहादुरले चिर्पटले तेज बहादुरको टाउकोमा प्रहारे गरी लडाउछन। तेज बहादुरका घर पछाडि लुकेका खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिएर आइ तेज बहादुर माथि थप प्रहार गर्दछन । हस्त बहादुरले तेजबहादुरको पेटमा चक्कुले हानी हत्या गरेर डिलबाट लडाउछन र शव घोप्टो पारिदिन्छन । सो बेला मृतक तेज बहादुरले ” लोकले मार्यो , मलाइ नमार’ भन्दै हारगुहार गरेपछि तेज बहादुरकी श्रीमती कमला कार्की र बुहारी रन्जना कार्की अत्तालिदै सो तर्फ आउछन । लोक बहादुर कार्कीले मृतक कमला कार्कीलाई प्रहार गर्छन र कमलाको घाटीमा हस्त बहादुरले छुरा प्रहार गरी हत्या गर्छन । बुहारी रंजनालाई लोक बहादुरका भाइ नरेशले खोल्सामा धकेलिदिन्छन र खड्ग बहादुर , लोक बहादुर र हस्त बहादुर मिलि हत्या गरिदिन्छन । मृतक रंजनाको लास अभियुक्त लोक बहादुर कार्कीका बुबा रण बहादुर र भाइ नरेशले कमलाको लास छेउमा पुर्याउन सहयोग गरेका थिए ।
सो घटनाको बेला मृतक नाबालकहरु दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनेर तथा चिर्पटले हिर्काई घाती बटारी उनीहरुको पनि हत्या गरेका थिए । यस पश्चात पाचै जना अभियुक्तहरु मृतकको घरमा जान्छन । मृतक तेज बहादुरकी आमा ८४ वर्षीय पार्वती कार्की मकै ननग्ग्याउदै गरेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लागि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाती बटारी हत्या गर्छन । ६ जनाकै हत्या गरेपश्चात सबैजना हत्यामा प्रयोग भएका चिर्पट र छुरा बोकी लोकबहादुरको घरमा जान्छन र चिर्पट अगेनामा डढाउछन , छुरामा लागेको रगत पखाली घुई बुइकलमा लुकाउछन र रगत लागेको कपडा समेत लुकाउछन । खड्ग बहादुर र उनका छोरा हस्त बहादुर आफ्नो घर तर्फ फर्कन्छन । फर्कदा नरेशले मृतक रंजनाको ओप्पो मोबाइल लिएर आफैले स्विच अफ गरी घर मुनिको ओढारमा लगेर लुकाउछन ।
पुन : खड्ग बहादुर र उनका छोरा हस्त बहादुर लोकबहादुरको घरमा जान्छन र कसैले घटनाको बारेमा सोधे सबैजनाले घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नभएको भन्ने योजना बनाउछन । यदि प्रहरीले आएर पत्ता लगाएमा लोक बहादुरले मानसिक रोगको औसधि पनि खाने गरेको भनि लोकबहादुरले घटनाको जिम्मा लिने सल्लाह हुन्छ।
संखुवासभा जिल्लाको मादी नगरपालिका वार्ड नम्बर १ खोलागाउमा २१ भदौ सोमबारको दिन ५२ वर्षीय तेजबहादुर कार्की, उनका ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्याको मुख्य आरोपी लोक बहादुर कार्कीलाई पत्रकार सम्मेलन गरी गत आइतबार सार्वजनिक गरिएको थियो ।