मधुमल्ला – नेपाली कांग्रेस मिक्लाजुङको १४ औं गाउँ अधिवेशनबाट नेपाली कांग्रेस मिक्लाजुङको सभापतिमा बबीकुमार राई विजयी भएका छन । शनिबार सभापति पदका लागि भएको निर्वाचनमा कुल खसेको एक सय ६१ मत मध्ये बबीकुमार राईले सर्वाधिक १३७ मत प्राप्त गर्दै विजयी भएका हुन् । । उनका प्रतिस्पर्धी अरुण बिक्रम बस्नेतले २१ मत प्राप्त गरे भने ३ मत बदर भएको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति बहेक सबै मत सर्ब सम्मत भएको थियो । उपसभापती, सचिब, सह–सचिवमा क्रमश खगेन्द्र मादेन, भवानी राई, दिपक श्रेष्ठ, गुरु चापागाई, देउमान तामाङ र बिमल कुँवर तथा अन्य सदस्य पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
सभापतिमा निर्वाचित भए संगै आफ्नो संक्षिप्त मन्तव्य राख्दै नव निर्वाचित सभापति बबी राईले वृद्ध तथा अग्रजलाई लाई सम्मान, युवाहरुलाई प्रोत्साहान, अहिले नगरे कहिले र हामीले नगरे कसले ? भन्ने मुल नारा लिएर आफ्नो टिम अगाडी बढाउने बताए । मिक्लजुङ क्षेत्रमा शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार, युवाहरुलाई रोजगार दिलाउने कुरालाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्ने प्रतिबद्धता राईले प्रतिबद्धता व्यक्त गरे ।