विराटनगर – नेपाली युवा उद्धमी मञ्च बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङको न्यायिक हिरासतमा रहेका कैदीबन्दीहरुलाई टेलिभिजन सहयोग गरेको छ ।मञ्चले कोभिड १९ का कारण आफ्ना परिवार भेट्न नपाइ रहेको अवस्थामा हुने मानसिक तनाब कम होस भन्ने उदेश्यले मनोरञ्जन प्राप्त गरि कैदीहरु मानसिक रुपमा स्वास्थ्य हुन भन्ने उदेश्यले ६० हजारको लागतमा ३२ इन्चको ३ थान टेलिभिजन हस्तान्तरण गरेको हो । उक्त टेलिभिजन सस्थाका अध्यक्ष सृजन प्याकुरेलले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मान बहादुर राइलाई हस्तान्तरण गरेका हुन ।