विराटनगर – साढे ३३ किलो सुन तस्करको प्रकरणले केहि वर्ष अगाडी देशनै तरंगित पारेको थियो । सो प्रकरणका सुन तस्करी तथा भरिया सनम शाक्यको हत्या भएको थियो । उनै शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी रहेका चूडामणि उप्रेती उर्फ ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले फैसला सुनाए संगै मंगलबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, १ जनालाई तीन वर्ष र १ जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको हो ।
अदालतले जन्मकैद सजाय तोकेको व्यक्तिहरु चूडामणि उप्रेती उर्फ ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी हुन् । शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई ३ वर्ष र मदन प्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।
कूल प्रतिवादी मध्ये २१ जना अहिले पनि फरार छन् ।
गोरेको हकमा अपहरण तथा शरिर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि एक महिना भित्रमा फेरि पेसी हुने इजलासले सुनुवाइ गरेको छ ।