विराटनगर – विराटनगरमा शुक्रबार दिउँसो एक बन्दुकधारी समुहले लुटपाट गरेको जानकारी प्राप्त भएको छ । विराटनगर मेन रोडमा रहेको एक गार्मेन्ट पसलमा लुटपाट भएको जनाइएको छ । मोटरसाइकलमा आएका तीन जना मध्येको एक जनाले उक्त गार्मेन्टभित्र पसी संचालक मनोज तोदीलाई बन्दुकको पछाडिको भागले हिर्काएर ५० हजार रुपैया लुटेको जनाइएको छ । लुटेपछि बाहिर पर्खिरहेका अन्य २ जना सहित ती लुटेराहरु मोटरसाइकलमा भागेको जनाइएको छ । यो घटनाको यकिन विवरण आउन बाकी छ । हाल प्रहरी घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको छ ।