एजेन्सी -अफगानिस्तानको कुन्दुज शहरस्थित शुक्रबार एक मस्जिदमा भएको आत्मघाती बम हमलामा परी ५० जना मारिएका छन । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको यो आक्रमण लगत्तै शवहरु यत्रतत्र छरिएका थिए भने आक्रमणमा परेर एकसयभन्दा बढी घाइते भएका छन् ।यस आक्रमणमा बालक तथा युवाहरु पनि मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रार्थनाको समयमा भएको यो आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । अफगानिस्तानमा इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले शिया मुस्लिमहरुमाथि वारम्बार निशाना बनाइरहेका छन् ।
तालिबान सरकारको कठोर विरोध गर्दै आइरहेको इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले देशका पूर्वी क्षेत्रमा दर्जनौ पटक विष्फोट गराइसकेको छ । शुक्रबार पनि मस्जिदमा नामाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले बम बिष्फोट गरेको समयमा मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका थिए । मृतकको संख्या बढ्नसक्ने त्यहाको अधिकारीहरुले बताएको कुरा विभिन्न समाचारमा आएको छ ।