काठमाडौँ – बुटवलमा निर्माणाधीन अवस्थामा रहेको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका छन् । औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । झडपको क्रममा घाइते भएका ८ जना अतिक्रमणकारी र ५ प्रहरी ‘युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका थिए। ती मध्ये मध्ये १ जना अतिक्रमणकारीको उपचारको क्रममा मृत्यु भएपनि ३ जनाको अस्पताल ल्याई पुर्याउदा मृत्यु भइसकेको अस्पतालले बताएको छ । अन्यको उपचार भइरहेको जानकारी पनि अस्पतालले दिएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वार्ड १० का ४८ वर्षीय रमेश परियारको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ भने बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन ।
रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरे संगै २०७३ सलामा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन् जसलाई हटाउन भदौ २९ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।