विराटनगर – साफ च्याम्पियनसीप २०२१ अन्तर्गत नेपाल र भारत बीचको फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । माल्दिभ्समा जारी राति ९:४५ बाट शुरु भएको खेलको पहिलो हाफमा दुबै टोलीले कुनै गोल गर्न सकेन । माल्दिभ्समा भएको दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रिएको छ ।
प्रतियोगितामा नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । माल्दिभ्सको पनि समान ६ अंक छ । त्यसपछि बंगलादेशको ४, भारतको ४ तथा श्रीलंकाको १ अंक छ ।