काठमाण्डौ – हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनी असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् ।
मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । मनोज गजुरेलका अनुसार मन्जु पोखरेल कानुन सेवाकी अधिकृत हुन् ।
गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवहा गरेपश्चात सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएका थिए ।
