मुगु — सुर्खेतबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना हुँदा २३ जनाको मत्यु भएको छ । उक्त बस पिनाटपने खोलामा दुर्घटना भएको हो । बस सडकबाट करिब २५० मिटर तल खसेको थियो । मंगलबार दिउसो करिब साढे १ बजेको समयमा भएको दुर्घटनाको कारण बस क्षतविक्षत अवस्थामा छ । अहिले प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । यस घटनाको थप विवरण आउन बाकी छ ।