विराटनगर- विजया दशमी २०७८ सालको पावन उपलक्ष्यमा दशैंको शुभकामना सहित बाडुल्की परिवार विराटनगरले छोटो चलचित्र ‘ दशै आयो ‘ आफ्नो युट्युब च्यानल मार्फत प्रशारण गरेको छ । दशैं लाग्ने नै केटाकेटीहरुलाई हो भन्ने कुरालाई पुष्टि गर्दै बनेको छोटो चलचित्र ‘ दशैँआयो’ एउटा साकाहारी पण्डितको छोराको दशैंमा खशी काट्ने इच्छाको वरिपरि रहेको छ।
चलचित्रमा प्रयाग न्यौपाने, दिपा पोखरेल र प्रनिस खतिवडाको मुख्य भूमिका रहेको छ । चलचित्रका लेखक क्षितिज कोइराला हुन भने लकेस दंगालले निर्देशन गरेका हुन्।
https://youtu.be/F0H-tA-pKEw